रामघाटमा तीज प्रतियोगिता

पोखरा ।
तीज २०८० को सन्दर्भमा रामघाट महिला समूह पोखरा १०, १२ ले असोज १ गते तीज गीत प्रतियोगिता आयोजना ग¥यो । गीता मन्दिर प्राड्गणमा भएको प्रतियोगिता १२ टिमको सहभागिता भए ।
प्रतियोगितामा मेट्रोपोलिटियन एकेडेमी पोखरा १० प्रथम भएको छ । कालिका नमुना मावि द्वितीय, सिद्धाश्रम शक्ति केन्द्र तृतीय भए । गंगा शर्माको समूह म्याग्दीले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । उत्कृष्ट नृत्यमा शिवपुरी आमा समूह, बुद्धचोक महिला समूह उत्कृष्ट भेषभुषामा पुरस्कृत भए ।
दर्शकमध्येबाट उत्कृष्ट नृत्यमा रमिला शौखी र बाल नृत्यमा सांराज्ञी सुवेदीले पुरस्कार जिते । रामघाट महिला समूहकी अध्यक्ष दुर्गा केसीको अध्यक्षतामा भएको कार्यक्रममा समूहकी संरक्षक अनिता तिमिल्सिनाले स्वागत मन्तव्य राखिन् । स्वागत नृत्य मेट्रोपोलिटन स्कुलका बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन समूहकी सहसचिव जानुका अधिकारीले गरिन् ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिन् । प्रतियोगिताको निर्णयक मण्डलमा लोकगायक चोलेन्द्र पौडेल, गायिका सरस्वती लामिछाने र प्रतिभा शर्मा थिए ।
तपाईको प्रतिक्रिया