ब्ल्याक प्लस डेकरले दुबई घुमाउने

समाधान संवाददाता २०८० असोज ३ गते ८:३१

पोखरा ।
ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूका लागि बडादसैंको उपलक्ष्यमा उपहार योजना ल्याएको छ । ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरीद गर्दा हरेक साता उपहार र बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका यो योजनामा छ ।


ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरीद गरी हरेक साता एकजना भाग्यशाली विजेताले एउटा आकर्षक उपहार जित्न सक्ने कम्पनीले जनाएको छ । सम्पूर्ण अवधिमा ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरण खरिद गर्ने ग्राहकमध्ये एकजनाले बम्पर उपहारको रूपमा एक जोडीका लागि दुबई भ्रमण गर्ने मौका दिइने भएको छ ।

सिजी इलेक्ट्रोनिक्सको कुनै पनि सोरुममा गएर ब्ल्याक प्लस डेकरको उपकरण किन्दा यो उपहार योजनामा सहभागी बन्न पाइन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया