भण्डारढिकको तीज मेलाको उपाधि आयोजकलाई

लेखनाथ ।
तीजको अवसर पारेर पोखरा २९ को प्रस्तावित रंगशाला भण्डारढिकमा सञ्चालित तीज मेला अन्तर्गत राखिएको सेभेन ए साइड फुटबलको उपाधि आयोजक संस्था भण्डारढिक टोल विकास संस्थाले हात पारेको छ ।
गत भदौ २७ गते देखि भण्डारढिक टोल विकास संस्थाको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर २९ को सहकार्य र विभिन्न सामाजिक संघ सस्थाहरुको सहयोगमा सञ्चालित प्रथम तीज मेला २०८० सोमबार भएको फाइनल खेलमा गन्नी एप्सी कुस्मालाई १ गोलका विरुद्ध २ गोलका साथमा भण्डारढिक टोल विकास सस्था विजयी भएको हो ।
मेलाको मुख्य आकर्षणका रुपमा लिइएको खुला सेभन ए साइड प्रतियोगितामा भण्डारढिक टोल विकास संस्थाको तर्फबाट विषण गुरुङ र मनीष तामाङले एक ÷एक गोल गरेर आफनो टिमलाई विजयी बनाउन सफल भएका थिए । गन्नी एप्सीको तर्फबाट अनिस तामाङले एक गोल गर्न सफल भएका थिए ।
प्रतियोगितामा प्रथम हुने समूहले १ लाख ११ हजार एक सय ११ र उपविजेता समूहले ५५ हजार ५ सय ५५ साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
मेलामा राखिएको वडास्तरीय खुला तीज गीत प्रतियोगितामा सहभागी ९ समूहमध्येबाट लगनशील महिला समूह प्रथम, शिवेश्वर आमा समूह द्वितीय, माछापुच्छ«े आमा समूह तृतीय भयो । चण्डेश्वरी आमा समूह र वडा स्वयंसेविका समूहले सान्त्वना पाएको निर्णायक संयोजक मोती गिरीले जानकारी दिएका छन् ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको तीज मेलामा ठेलो हान्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता र घैंटो फुटाउने प्रतियोगिता समेत राखिएको थियो ।
विजयी समूहहरुलाई पोखरा महानगरपालिका वडा नम्बर २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ र मेलाका संयोजक तथा आयोजक संस्था भण्डारढिक टोल विकास संस्थाका अध्यक्ष अरुण गुरुङले पुरस्कार वितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया