
करिब डेढ महिनाको टेक्ससको बसाइपछि अमेरिकाका प्रसिद्ध सहरहरू न्युयोर्क वा वासिङटन डिसीमध्ये भ्रमणका लागि एउटा छनोट गर्ने भनेर पारिवारिक सल्लाह अनुसार न्युयोर्क डिसीभन्दा पहिला मेरो प्राथमिकतामा प¥यो । ट्रेड सेन्टरमा सन् २००१ को सेप्टेम्बरमा भएको घटना र अन्तर्राष्ट्रिय कार्यालय भएका कारणले पाठ्यपुस्तकमा पढ्दादेखि नै न्युयोर्कका बारेमा बढी नजिक रहेको आफूलाई महसुस भएको थियो ।
असारको दोेस्रो हप्तामा हामी चारजना टेक्ससबाट न्युयोर्कका लागि प्रस्थान ग¥यौ । न्युयोर्कका बारेमा जे सोचिएको थियो त्यो पाइएन र जे पाइयो त्यो सोेचिएको थिएन । वरिपरि चारैतिर नदीले घेरिएको समुद्रको किनारामा रहेको गगनचुम्बी भवनहरू भएको करिव ८५ लाख जनसंख्या रहेको यो अन्तराष्ट्रि शहरको भ्रमणका तितामिठा र शिक्षाप्रद अनुभवहरू यस्ता रहे ।
पहिलो र दोस्रो दिनको बसाइ र ज्याक्सन हाइट
करिब साढे ३ घण्टाको फ्लाइट पछि हामी जोनअफ केनेडी एयरपोर्ट नजिकैको न्युयोर्कको नाम चलेको ज्याक्सन हाइटमा पुग्यौ । होटल पहिले नै बुकिङ भइसकेकाले होटलमा पुगेर फ्रेस भइयो । होटलको छैटौं तलामा हामीले एउटा फ्लाटै लिएका थियौं । होटलको सुविधा राम्रो थियो । अमेरिका लगायत विश्वभरिमा ज्याक्सनहाइट फोहोरी ठाउँका रूपमा चिनिएको रहेछ । त्यहाँको अवस्थाले मलाई पनि त्यस्तै लागेको थियो । जताततै फुटपाथमा पसल । बाटोको आवतजावजमा पनि त्यति सहजता नभएको र नेपाली, भारतीय र बङ्गालीहरूको बसोबास भएको स्थानका रूपमा ज्याक्सन हाइट चिनिँदोरहेछ ।
टेक्ससमा रहँदा एक पोका नुन किन्न कि ग्रोसरी जानुपर्ने कि त ग्यास स्टेसन जानुपर्ने अवस्थामा ज्याक्सन हाइटमा भने पसलहरूमा जताप नि पाइने देखियो । फुटपाथमाम पसल देख्दा काठमाडौंमा बालेनले गरेको कार्यको संझना आउँथ्यो । ज्याक्सनहाइटमा भएका घरहरूको पछाडि सानो करेसाबारीमा तरकारी लगाएका अनि पछाडि भैंसी बाध्ने जस्ता टहरा देख्दा एसियालीपनको झल्को देखिन्थ्यो । अनि हामीले नेपालको ओखलढुङ्गाको एकजना महिलाको होटलमा नेपाली खाना फापरको ढिंडो खाने अवसरले गर्दा ज्याक्सन हाइटले नेपालको झल्को दिएको थियो ।
टेक्ससमा रहँदा एक पोका नुन किन्न कि ग्रोसरी जानुपर्ने कि त ग्यास स्टेसन जानुपर्ने अवस्थामा ज्याक्सन हाइटमा भने पसलहरूमा जताप नि पाइने देखियो, न्युयोर्कमा थुप्रै विकृति पनि साक्षात्कार भए
युन हेडक्वाटर
ज्याक्सनहाइट पछिको बसाइ होटल मिलिनियम हिलटेकमा रह्यो । उक्त होटल युएन हेडक्वाटरको ठिक अगाडि थियो । १०० तलाको यो होटलमा ४० तलासम्म लज चलेको र त्यसभन्दा माथि बिभिन्न देशका मिसन तथा स्थायी नियोगका कार्यालयहरू रहेछन् । नेपालको कार्यालय यहाँ महँगो भएकाले अन्तै भएको जानकारी भयो । यहाँ विभिन्न देशका उच्चपदस्त अधिकारीहरूको जमघटको स्थल रहेछ । हामी होटलको सैतिसौ तलामा थियौं ।
दुईवटा कोठाको पैसा तिरेर बुकिङ गरेको होटलमा मध्यस्थकर्ताको लापरवाहीले हामीले एउटाकोठा मात्र त्यहाँ पायौ । अनलाइबाट गरेको बुकिङमा दलालका कारणले बदमासी भएको थाहा भयो । यसबाट अमेरिकामा पनि पछाडिको ढोकाको प्रयोग गरेर कमाउन खोज्नेको कमी नभएको भान भयो । धेरै समयको बहस पछि त्यहाँदेखि १५÷२० किलोमिटर टाढामात्र अर्काे कोठा मिलाइदियो । यसबाट पाएसम्म लामो हात गर्ने जहाँ पनि रहेछन् भन्ने नयाँ अनुभव भयो, किनकि अमेरिकामा त व्यवस्थित पद्धतिको अपेक्षा गरिएको थियो ।
ट्रेड सेन्टर स्मारक स्थल
न्युयोर्कको अर्काे सम्झनायोग्य ठाउँसन् २००१ सेप्टेम्बरको आतङ्ककारी हमलाबाट मरेका व्यक्तिहरूको सम्झनामा बनेको स्मारकस्थल थियो । त्यहाँ एकजना भण्डारी थर गरेका नेपालीको पनि स्मारकमा नाम भएको थाहा भयो । टुइनटावरमा काम गर्ने भएर हमलामा परेका हुन् वा उनी जहाजमा आएका थिए त्यो कुरा थाहा भएन । त्यो दिनको अर्काे प्रसिद्ध ठाउँ टाइमस्क्वार पनि थियो । यो ठाउँको झिलिमिलिले निकै नै लोभ्याएको थियो ।
संसारभरिका मानिसहरूको जमघट हुने यो अर्काे रमणीय स्थल थियो । त्यहाँ राखिएका विज्ञापनका होडिङ्वोर्डले बढो आनन्द र मनमोहक बनाएका थिए । वातावरण पनि त्यहाँको कोलाहलविहीन र शान्त थियो । सेन्ट्रल पार्क अर्काे न्युयोर्कको रमणणीय र घुम्नका लागि उपयुक्त ठाउँ लाग्यो । सहरको बिचमा रहेको र निशुल्क प्रवेश सुविधा भएको यो पार्कमा अमेरिकाका ऐहिहासिक स्मारकका साथै थुप्रै मनमोहक दृश्य थिए ।
समुद्री किनारा र रिभरबिच
न्युयोर्क समुद्रको किनारमा रहेकाले बिच त्यहाँको एउटा संस्कार नै रहेछ । होलिडेमा अभिभावकले आफ्ना केटाकेटीका लागि बिच समय छुट्याएका हुँदा रहेछन् । त्यसैले होलिडेमा समुद्री बिचमा भिड लाग्दो रहेछ । हामीले पनि नयाँ भएकाले बिचमा सहज भागलिन नसके पनि केही नौलो अनुभव लिने काम गरियो । समुद्री किनाराको रिभर बिचमा गएकै दिन न्युयोर्कदेखि १२० किलोमिटर टाढा रहेको मोन्टक भन्ने अर्काे समुद्रको किनारामा रहेको सानो दीपमा पनि गइयो जुन युरोपियन मुलुक पोर्चुगलको ठिक पारि पर्ने रहेछ ।
समुद्री जहाजबाट करिब पाँच दिनको यात्रामा पोर्चुगल वा युरोप पुग्न सकिने रहेछ । डालासबाट उडेको जहाज म फर्कने दिनमा यही ठाउँबाट आन्द्रमहासागरमाथी पसेको थियो । पर्कने बेलामा प्लेनमा ट्याकिङ गर्दा मैले यो अनुभव गरेको थिए ।
ह्वाडसन नदीमा जहाजमा यात्रा
न्युयोर्कको वरिपरि रहेको यो नदीमा रहेको जहाजमा करिब तीन घण्टाको यात्रा गरियो । समुद्रको नजिक रहेकाले यो नदीको पानी कता बग्छ भन्ने छुट्याउन कठिनाइ पर्नेरहेछ । समुद्रमा पानीको चाप बढी भएको बेलामा नदीको पानी उल्टो दिशातिर बगेको देखिदो रहेछ । नदिको बिचमा राखेको स्ट्याचु अफ लिवर्टी र द्वितीय विश्वयुद्धकमा प्रयोग भएका युद्धपोत र जहाजको प्रदर्शन यहाँको अर्काे आकर्षणको केन्द्र रहेछ ।
नदी न्युयोर्क शहरको वरिपरि भएकोले अग्ला र ठूला दुई तीन तलाका पुलहरू थिए र ती पुलहरूबाट एकै चोटी रेल, बस र पैद यात्रीहरू यात्रा गर्ने सुविधा थियो । २/३ वर्ष पुराना लठ्ठाले बनाएका पुलहरू पनि उत्तिकै मजबुत र सहज काम गरेका थिए यसको कारण निर्माणको गुणस्तरीयले हो भन्न सकिन्छ । यो दिनको यात्राले न्युयोर्कको भौगोलिक अवस्थाको बारेमा नौला अनुभव बटुलिएको थियो ।
भूमिगत रेलवे र मेट्रो ट्रेन
न्युयोर्कको अर्काे विशेषता मेट्रोट्रेन र भूमिगत रेल्वे थियो । न्युयोर्कमा दैनिक भाडा तिरेर यात्रा गर्नेभन्दा यात्राका लागि कार्डको सिस्टम रहेछ । हामीले पाँच दिनका लागि प्रत्येकको ३५ डलरमा कार्ड लियौ । यसरी कार्ड लिएपछि ट्रेन, मेट्रो बस सबैमा यात्रा सहज हुने रहेछ । धेरै व्यक्तिहरूका लागि यो शहरमा निजी साधनबाट यात्रा गर्नभन्दा कार्डबाट सहज र सस्तो पर्ने रहेछ ।
सरकार तथा त्यहाँको स्थानीय सरकारले नागरिकका लागि यो राम्रो सुविधा उपलब्ध गराएको रहेछ । मेट्रो कही भूमिगत छ त कही जमिनमाथि फ्लाई ओभर वे मा उडेको देखिनथ्यो । जमिनमुनिबाट चढेको बेलामा जमिनमाथिबाट झर्ने र माथि फ्लाइओभर वेबाट मेट्रोमा चढेको बेलामा जमिनको तलबाट झरिने रहेछ । यसको मतलब कहिले मेट्रो जमिनमुनि त कहिले जमिनमाथि लुकामारी गरेर चल्दोरहेछ, यो पनि एउटा अनौठो अनुभव भएको थियो ।
सहरका विकृति
जतिमात्रामा न्युयोर्कले संसारभरि चर्चाकमाएको छ त्यति नै विकृति देखिए । मेट्रो ट्रेन गुड्ने ठाउँको फोहोर र त्यहाँ सानासाना बालबाालिकाले बोतलमा पानी लिएर बेच्दै हिँडेका अनि लागुपदार्थ तथा मादकपदार्थ सेवन गरेर झुलिरहेका व्यक्ति देख्दा माथि जमिनमा युएन हेडक्वार्टर र संसारभर मानवअभिकारको वकालत गर्ने कार्यालय तर त्यसकै तलका ती विकृतिले यो सहर अमेरिकी सरकारको नियन्त्रणमा नरहेको महसुस भएको थियो । संसारभरका व्यक्तिहरू भएकाले होला संस्कार र संस्कृतिमा मिश्रित प्रणालीमा चलेको देखियो ।
सहरको जताततै डेलागाडामा लिएर खाना र अन्य जंकफुड तथा कपडाहरू विक्री गरेको पनि देखियो । कतिपय पार्कहरूमा अश्लील हर्कत गरेका पनि देखिन आयो । हामीले सोच्दा अमेरिका संसारभरिको सम्पन्न र धनी मुलुकका रूपमा लिए पनि बाटामा वा पार्कमा टोकरी वा प्लेकार्ड बोकेर माग्न बसेको पनि देख्नमा आयो । यसबाट के अनुभव भयो भने टेक्ससमा जस्तो पद्धतिमा चलेको यो सहर देखिएन । यसको अर्थ संसारभरिका मानिसहरूको आवतजावत हुने र संस्कृतिमा भएको अन्तरमिश्रणले हुन सक्छ ।
तपाईको प्रतिक्रिया