पोखरा फाइनान्सको अध्यक्षमा राजकुमार

समाधान संवाददाता २०८० असोज ३ गते १४:०९

पोखरा ।
राष्ट्रिय स्तरको वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजकुमार गुरूङ चयन भएका छन् । उनी कुनै बेला यही फाइनान्सको सिइओ थिए । उनले ८ वर्ष सो जिम्मेवारी सम्हालेका थिए । फाइनान्स सञ्चालक समितिको हालै बसेको बैठकले गुरूङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । गुरुङसँग स्टान्डर्ड चार्टड बैंकमा समेत काम गरेको अनुभव छ ।

तपाईको प्रतिक्रिया