श्रीकृष्ण मन्दिर आमासमुहको तीजगीत प्रतियोगिता

पोखरा ।
पोखरा—१० रामबजारमा रहेको श्रीकृष्ण मन्दिर आमा समुहले तीज गीत प्रतियोगिता गरेको छ । प्रतियोगिता उद्घाटन गर्दै प्रेमकुमारी केसीले प्रतियोगिताले महिलाहरुको पहिचान, कुला संस्कृतिको जर्गेना गर्ने काम गर्नुका साथै आफुभित्र भएको क्षमताको प्रष्फुटन गर्ने मौका दिएको बताइन् ।
प्रतियोगितामा ११ वटा आमा समुहको सहभागिता थियो जसमध्य कमल जैसी आमा समुह प्रथम, कालिका मावि समुह दोस्रो, स्योंनी मजुवा आमा समुह तेस्रो भए । विजयीले क्रमश ३० हजार, १५ हजार, १० हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगिताको प्रायोजकमा हिमश्री फुड्स र सह प्रायोजकको रुपमा इम्फरमेटिक कलेज र प्रायोजकमा राम बजार सोसाइटी युके परिवार रहेको थियो । प्रतियोगिताको निर्णायकमा साहित्यकार शंकर जनालो, नृत्य निर्देशक महादेव न्यौपाने र संगीतकार टोपबहादुर खत्री थिए ।
कार्यक्रममा हिमश्री फुड्का प्रवन्धक निर्देशक किरण केसी, महेश गुरुङ, बलराम पौडेलले धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता आयोजक अध्यक्ष कमला गुरुङले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन मन्दिर संचाल क समितिका उपाध्यक्ष प्रीतम गुरुङले गरेका थिए ।
तपाईको प्रतिक्रिया