जीविका सहकारीको सभा

समाधान संवाददाता २०८० असोज ४ गते १३:२६

पोखरा ।

Advertisement

जीविका बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा बुधबार भएको छ । पोखरा ३ नदीपुर मार्गमा रहेको संस्थाले पोखराका १३ वटा वडालाई कार्य क्षेत्र बनाई सेवा दिँदै आएको छ ।


सभामा जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइरालाले सहकारीहरु विद्यमान नियम अनुसार चले कुनै समस्या नआउने बताइन् । उनले समय समयमा सहकारीले आफ्ना सेयर सदस्यका लागि उपलब्धिमूलक तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

Advertisement


संस्थाका कार्यबाहक अध्यक्ष महावीर थापाले छरिएर रहेको पुँजीलाई एकीकृत गरी आर्थिक रुपमा सबल, सक्षम, आत्म निर्भर र स्वाबलम्बी बनाउन लागेको जनाए ।


सभाले काबा अध्यक्ष थापाले प्रस्तत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बलराम पाण्डेको कोषाध्यक्षको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को प्रस्ताबित आय, व्यय विवरण पारित गरेको छ । लेखा समितिका संयोजक गौतम आचार्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पनि पारित भएको छ ।


अहिले यो सहकारीमा ६ सय ९५ सेयर सदस्य छन् । संस्थाको सेयर पुँजी ३ करोड ६८ लाख २ हजार ९ सय छ । कुल बचत २ करोड ३७ लाख ८ सय ६५ रुपैयाँ, ऋण लगानी ४ करोड ३१ लख ३२ हजार २ सय ९५ रुपैयाँ छ ।


सभामा संस्थाले प्रवन्धक बासुदेव पौडेललाई विशेष उत्कृष्ट कर्मचारी सम्मान गर्‍यो । सेयर सदस्यहरु शुलोचना बास्तोला र मीनबहादुर श्रेष्ठ उत्कृष्ट उद्यमीबाट सम्मानित बने । कार्यक्रममा सेयर सदस्य कृष्णबहादुर तामाङ, सचिव लेखबहादुर प्रधान, सदस्य कुलदेवी पराजुली, सेयर सदस्य शारदा पौडेल, उमेशराज पराजुली लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया