चतुरमानलाई राधा–लक्ष्मी पुरस्कार

पोखरा ।
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमान श्रेष्ठलाई प्रदान गरिने भएको छ । साहित्यिक, शैक्षिक, सामाजिक एवंं आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित छ ।
यो पुरस्कारको राशि ११ हजार १ सय ११ नगदसहित सम्मानपत्र र दोसल्ला छ । शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका श्रेष्ठको जन्म कास्कीको बाटुलेचौरमा भएको हो । २०१७ देखि २०५४ ससम्म अध्यापन गरी शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
लक्ष्मीशरण र राधाका छोराहरु केशवशरण र माधवशरणद्वारा स्थापित कोषको ब्याजबाट हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट यसअभि छन्दकवि माधव वियोगी पुरस्कृत भइसकेका छन् । असोज ८ गते पोखरामा समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले जानकारी दिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया