डि–मर्चाको भ्रष्टाचारीविरोधी गीत
समाधान संवाददाता
२०८० असोज ५ गते १३:०३

पोखरा ।
पोखराबाट उदाएर चर्चित बनेको डि–मर्चा ब्यान्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई कीरा परोस्’ बोलको गीत बुधबार सार्वजनिक गरेको हो ।
यो गीतमा स्वर भाष्करध्वज श्रेष्ठले दिएका छन् भने बेस गिटारमा वीरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ छन् । वीरेन्द्र पुनको परिकल्पनामा बनेको गीतका शब्द रोशन भट्टराईका हुन् ।
म्युजिक भिडियोक निर्देशन रोहित रञ्जितले गरेका छन् भने गीतमा दाह्री ग्याङका सदस्यहरुको अभिनय छ । भोकलिस्ट भाष्करध्वज श्रेष्ठले भ्रष्टाचारले देश थिलथिलो भएकाले त्यसबिरुद्ध जनतालाई जागरुक बनाउन यो गीत ल्याएको जनाए ।
देशका समस्या समाधान हुनुको सट्टो झन् विकराल बन्दै गएकाले ‘भ्रष्टाचारीलाई कीरा परोस्’ भनी भ्रष्टाचार नगर्न खबरदारी गरिएको उनी सुनाउँछन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया