ऋषिकान्तलाई ‘यातायात व्यावसायिक’ पत्रकारिता पुरस्कार

पोखरा ।
पत्रकार ऋषिकान्त पौडेल ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०८०’ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा पोखरा यातायात प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट पौडेल सम्मानित भएका हुन् ।
प्रालिको पाँचौ वार्षिक साधारण सभाको अवसरमा पोखरामा आयोजित कार्यक्रममा पौडेललाई पुरस्कृत गरिएको हो । १७ वर्षदेखि पत्रकारितामा क्रियाशील पौडेललाई नगद २५ हजार, सम्मान पत्रसहित पुरस्कृत गरिएको हो ।
सडक यातायातसँग सम्बन्धित सूचना एवम् सचेतनामूलक समाचारको माध्यमबाट आमजनता र सरोकारवालालाई सुसूचित गर्न योगदान पु¥याएकोमा उनलाई पुरस्कृत गरिएको हो । पौडेल कान्तिपुर टेलिभिजनमा आवद्ध छन् । उनी यसअघि हिमदूत पत्रकारिता पुरस्कारसहित विभिन्न संघ, संस्थाबाट सम्मानित भईसकेका छन् ।
यो पुरस्कारबाट यसअघि दीपेन्द्र श्रेष्ठ, गोविन्द सुवेदी, सन्तोष अधिकारी, अर्जुन गिरी, रञ्जन अधिकारी, यदुनाथ बञ्जरा, कमल पौडेल अथक लगायत सम्मानित भइसकेका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया