प्रधानमन्त्रीले पोखरा विमानस्थलको ऋण मिनाहा गर्न पहल गर्नुपर्छः बराल
समाधान संवाददाता
२०८० असोज ५ गते १४:३७

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा छलफल गर्नुपर्ने बताएका छन् ।
शुक्रबार बसेकाे पार्टीको केन्द्रीय समिति बैठकमा बरालले ऋणको महँगो ब्याज तिर्न बाध्य भएको र यसले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्ने बताउँदै उनले ऋण मिनाहा गर्न प्रधानमन्त्री पहल गर्नुपर्ने बताएका हुन् ।
’हामीले पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट महँगोमा बनायौँ, अहिले चर्को ब्याज तिरिरहेका छौँ,’ उनले भने, ’प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ, हामीले अभिभावकत्व लिएर प्रधानमन्त्रीलाई भन्नुपर्छ र भ्रमणमा ऋण मिनाहा गर्नेबारे पहल लिनुपर्छ । यदि ऋण तिर्न नसके अरू मुलुकमा जस्तै विदेशीको हस्तक्षेप हुने निश्चित छ ।’
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया