सरकार र शिक्षकबीच सहमतिपछि आन्दाेलन फिर्ता

समाधान संवाददाता २०८० असोज ५ गते १७:५६

पोखरा । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ ।

Advertisement


शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भएका हुन् ।

शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत ‘शिक्षक महासंघका प्रतिनिधि र हाम्रो बीचमा छलफल भयो भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


उनले सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने उनले बताइन् । सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको पनि सरकारका प्रवक्ता समेत रहेकी शर्माले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया