युवराजकाे ‘छन्त्याल परे म त’ सार्वजनिक

समाधान संवाददाता २०८० असोज ५ गते १८:१२

पाेखरा ।

Advertisement

आफ्नो पहिचानलाई फैलाउनु महत्वपूर्ण कुरा हो भन्दै युवराज छन्त्यालले ‘छन्त्याल परे म त’ बोलको गीत सार्वजनिक गरेका छन् । लामो समय यता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भरेका छन् ।

‘बजाउँदै पञ्चे बाजा’ बोलको गीतबाट उनले मौलिक गायकको अवार्ड पाएका छन् । उनको ‘पैसा वाला हेर्छन्’ गीतबाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेका थिए ।


युवराजकै शब्द, संगीत र स्वरमा रहेको गीतमा जया छन्त्यालको पनि स्वर रहेको छ । अमृत, कोपिला, मनोहर, कृश्ण, गगाँ, जमुना, लिनिसा र सृजना छन्त्यालको अभिनय रहेको छ । सिवन पोखरेलको कोरियोग्राफी र निर्देशन बनेको म्युजिक भिडियो अधिनायक मान सेरचनले सम्पादन गरेका हुन् भने महेश महराले खिचेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया