पत्रकार पौडेललाई राष्ट्रपतिबाट सम्मान

समाधान संवाददाता २०८० असोज ६ गते १९:१७

पोखरा ।

पोखराका वरिष्ठ पत्रकार रमेश पौडेल प्रेस काउन्सिल नेपालबाट सम्मानित भएका छन् । काउन्सिलले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा पौडेल लगायत विभिन्न सञ्चारकर्मी र व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।


पौडेल गोरखापत्र दैनिकको गण्डकी संयोजक हुन् । समाधान दैनिकका पूर्वसम्पादक पौडेल नेपाल टेलिभिजनसँग पनि सम्बद्ध छन् । काउन्सिलले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार पौडेल लगायतलाई पुरस्कार तथा सम्मान प्रदान गरे । २५ वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकार रमेश यसअघि नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार र हरिमखमली प्रेस युनियन पत्रकारिता पुरस्कार पर्वतबाट पनि पुरस्कृत भएका थिए ।

Advertisement


काउन्सिलले १६ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्रजंग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रवीन्द्र घिमिरे, कृष्ण अधिकारी, केदार भट्टराई, राममणि दाहाल, उदय जिएम र राजकुमार कार्की छन् ।


यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ । पोखरा घर भएकी उनी काठमाडौंमा बसेर पत्रकारितामा क्रियाशील छन् । प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई दिइएको छ । प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार दुई जना पत्रकार सागर पण्डित र चूडामणि भट्टराईले पाएका छन् । प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, र माधवसिंह धामीलाई दिन लागिएको काउन्सिलले जनाएको छ ।

Advertisement


प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई दिइएको छ । पत्रकारहरू विमल ज्ञवाली, जीवन भण्डारी, शंकर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज बास्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमणले पाएका छन् ।
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १९ जना पत्रकारलाई दिइएको छ । पाण्डव शर्मा, मीन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदीश्वर पाण्डे, राजु लामिछाने, इन्द्रविवश डिसी र ओमकार आचार्यलाई दिइएको हो ।


प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार तारा चापागाईँ, भवानी अधिकारी, पवित्रा सुनार, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्कालाई दिइएको हो । चापागाईं पोखराबाट पत्रकारिता सुरु गरी अचेल काठमाडौंमा सक्रिय छिन् । अधिकारी स्याङ्जाकी पत्रकार हुन् । उनीहरु दुवै अन्नपूर्ण पोस्ट दैनिकमा आवद्ध छन् ।


प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार ७ जना पत्रकारलाई दिइएको काउन्सिलले जनाएको छ । सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्धिकीलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार दिइएको छ ।

प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमलाई दिइएको छ । प्रेस काउन्सिल साहित्यिक पुरस्कार हिमाल गुराँस द्वैमासिकका खिमानन्द पोखरेलले पाउनुभएको छ भने प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीलाई दिइएको छ ।

तपाईको प्रतिक्रिया