बेलघारी संस्थाको आठौं साधारणसभा

समाधान संवाददाता २०८० असोज ७ गते ७:५३

पोखरा ।
छोरेपाटनस्थित बेलघारी टोल विकास संस्थाको आठौं साधारणसभा शनिबार सम्पन्न भयो । प्रमुख अतिथि पोखरा–१७ की वडाअध्यक्ष राधिका शाही योगीले पानसमा दीप प्रज्वलन गरी सो कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर १७ मा रहेका २६ टोल विकास संस्थामध्ये नमूना कार्य गर्न बेलघारी टोल विकास संस्था सफल भएको जनाइन् ।


वडाध्यक्ष शाहीले कुशल नेतृत्व र एकताबध्द टिम भएमा टोलको विकास गर्न कठीन नहुने कुराको सन्देश दिन सकिने पनि बताइन् । सो अवसरमा उनले ८० वर्ष पार गरेका ज्येष्ठ नागरिक र टोल निवासी उच्च शिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरूलाई सम्मान समेत गरिन् ।


पोखरा उपत्यका नगर विकास समितिका सदस्य तथा बेलघारी टोल विकास संस्थाका सल्लाहकार संयोजक झपीन्द्रराज रेग्मीले टोलको विकासका लागि आफू प्रतिबध्द रहेको बताउँदै बेलघारी क्षेत्रको विकासमा वर्तमान नेतृत्वले कुनै कसर बाँकी नराखेको जनाए । कार्यक्रममा सल्लाहकार देवीबहादुर थापा र भुवानी भट्टराई, छोरेपाटन टोल सुधार समितिका अध्यक्ष उत्तम सिग्देल, नारी उत्थान दिदीबहिनी समूहकी अध्यक्ष जानुका पौडेल, सम्मानितहरूको तर्फबाट सिजनराज महतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement


संस्थाकी अध्यक्ष सरिता घिमिरेको सभापतित्वमा भएको सो साधारण सभामामा स्वागत उपाध्यक्ष बुध्दिबहादुर कार्कीले र सञ्चालन सचिव इन्द्र खत्रीले गरेका थिए । बन्द सत्रले अध्यक्ष सरिता घिमिरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राजकुमार थापाको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया