‘कविताले गाउँ जाने बाटो निर्माण गर्छ’

समाधान संवाददाता २०८० असोज ७ गते ७:५९

पोखरा ।
पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३६१ औं शृंखला पोखरामा सम्पन्न भयो । काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमका अतिथि कवि रमेश श्रेष्ठले ‘कविताले गाउँ जाने बाटो निर्माण गर्ने चेतनाको विकास गर्न सक्ने क्षमता भएको बताए ।’

Advertisement


काव्य सन्ध्यामा प्राज्ञ रमेश श्रेष्ठले ३ दशकसम्म अविछिन्न रूपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै कविताको स्कुलमा कविता सिक्न सकिन्छ, कविले कविताको गौरवसँगै महत्व दर्शाउने काम गर्नुपर्ने बताए ।


काव्य सन्ध्याको ३६१ औँ शृंखलामा कविहरू सरस्वती श्रेष्ठ ‘सरु’, रुपिन्द्र प्रभावी, लक्ष्मी थापा, दुर्गाबहादुर शाह, शिव संकल्प, देवेन्द्र केसी, रामलाल बाटाजु, गीता तिवारी, मुकुन्द वस्ती, विश्व अधिकारी, रोशन रेग्मी, सावित्री गिरी, माधव खतिवडा, ढाकामोहन बराल, चारघरे ठिटो, टेकनाथ पिडीत, दीपेन्द्र अरुण लगायतले आआफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।


२०५० वैशाखदेखि नियमित रूपमा कविता सुन्ने र सुनाउने मञ्चका रूपमा समता काव्य सन्ध्या परिचित छ । परिवारका उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’को सभापतित्तवमा सम्पन्न उक्त कार्यक्रममा स्वागत साहित्य संयोजक शरण आँसुले गरेका थिए । कार्यक्रम सञ्चालन अर्जुन अधिकारीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया