एग्रो टुरिजमको सभामा सम्मान

पोखरा ।
एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा एक समारोहका शनिबार भएको छ । सभामा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुुशीला सिम्खडाले कृषि र पर्यटनलाई जोड्न सकेमा त्यसले आम सर्वसाधारणलाई उत्पादनसँग जोड्ने जनाइन् ।
उनले आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिनु आवश्यक भएको उल्लेख गरिन् । पछिल्लो समयमा सहकारीमा समस्या देखिने गरेका बताउँदै उनले प्रत्येक सहकारीलाई उत्पादनसँग जोड्दै आर्थिक अनुशासन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिइन् ।
सहकारी र स्थानीय तहबीचको सहकार्य र समन्वय आवश्यक भएको बताउँदै उनले यिनीहरूको सम्बन्ध नङ र मासु जस्तो हुनुुपर्नेमा जोड दिइन् । सहकारीहरू जनताको लगानी खेर नजाने तबरबाट लाग्नुुपर्ने उनको सुझाव छ ।
सहकारीका अध्यक्ष डिल्लीराम बरालले कृषि तथा पर्यटनको पूर्वाधारको विकास गर्दै उद्यमशीलतामार्फत रोजगारीको सिर्जना गरी गरिबी न्यूनीकरण गर्नका लागि एग्रो टुरिजमको अवधारणाअघि बढाइएको जनाए । किसानद्वारा उत्पादित अर्गानिक खाद्यवस्तुु गोठदेखि ओठसम्म र बारीदेखि भान्छासम्म पुर्याउने लक्ष्यका साथ सहकारी सक्रिय बनेको बताउँदै उनको भनाइ छ ।
सभामा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको छ । समाचार सम्प्रेषणका माध्यमबाट कृषि पर्यटनका क्षेत्रमा विशिष्ट योगदान पुर्याएकोमा पौडेललाई नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
सो अवसरमा उत्कृष्ट मुद्दति बचतकर्ताबाट मनुुमाया खत्री, उत्कृष्ट दैनिक बचतकर्ताबाट प्रमोद अधिकारी, साजन अधिकारी र सन्तोष पौडेल, उत्कृष्ट खुत्रुके बचत कर्ताबाट सजित लामगादे, उत्कृष्ट असल ऋणीबाट बसन्ती बानिया, उत्कृष्ट कृषि उद्यमी व्यवसायबाट श्याम रायमाझीलाई सम्मान गरियो ।
उत्कृष्ट पर्यटन व्यवसायीबाट भुवनबहादुर आचार्य, युवा उद्यमी पुरस्कारबाट प्रयासी गुरुङ, महिला उद्यमी पुरस्कारबाट विष्णुमाया आचार्य, उत्कृष्ट कर्मचारी पुरस्कारबाट विन्दुुमाया शर्मा सम्मानित बने । उत्कृष्ट ज्येष्ठ नागरिकमा महिलातर्फ राधिका कोइराला, पुरुषतर्फ बद्रीनाथ पहारी, एग्रो टुरिजम कृषि उद्यमी व्यापार सम्मानबाट खिमलाल सुवेदीलाई सम्मान गरियो ।
सहकारीले एसइई २०८० सम्मानबाट कामना आचार्य र विधाता बस्ताकोटी एवं प्लसटुुतर्फ अनमोल आचार्य, कुसुम जिसी, सन्ध्या सुवेदी, निर्दोष कार्की, शरदा गिरी र प्रिया नेपालीलाई सम्मान गर्यो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, सहकारीका उपाध्यक्षद्वय टीकाराम पौडेल र श्रीभद्र बराल, सचिव बाबुराम सुवेदी, भरतपोखरी साना किसान कृषि सहकारीका अध्यक्ष रामजीप्रसाद अधिकारी, अग्रसर बचत तथा ऋण सहकारीका अध्यक्ष रजनी कोइराला, भरतपोखरी बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया