कराँते प्रतियोगितामा सगरमाथा निकेतन प्रथम

पोखरा ।
नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते संघ कास्कीको अयोजनामा प्रथम विद्यालय स्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता भएको छ । ‘स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नाराका साथ स्कूल विद्यालय स्तरदेखि नै खेलकुदको प्रवर्धन र विकास भन्ने नाराका साथ शनिबार प्रतियोगिता भएको हो ।
प्रतियोगितामा ४० विद्यालयका २०० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । पुरुष र महिला दुवैतर्फ १९ देखि ५५ केजी तौल समुहको बिचमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा सगरमाथा निकेतनले ३ स्वर्ण पदक सहित प्रथम स्थान हासिल गर्न सफल भयो । विद्यानिकेतन बोर्डिङ स्कूल २ स्वर्ण पदक सहित दोस्रो र कान्तिपुर एकेडेमी र ढंगेसागु बोर्डिङ स्कुल १ स्वर्ण पदक प्राप्त गरि तेस्रो भएका छन् ।
प्रतियोगितामा निर्णायकको भुमिकामा रत्नबहादुर आले, लक्ष्यबहादुर राना, कृष्णबहादुर नेपाली, रूपक नेपाली, गणेश गुरुङ, रासिङ् जलारी, एकराज गिरी थिए । समय सूचकको रूपमा कुमार रोक्का, सन्देश सुनार, शिव हितांग थिए । प्रतियोगिताको प्रायोजन नेपाल युवा खेलकुद विकास संघ कास्कीले गरेको हो ।
कार्यक्रमको अध्यक्षता नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते कास्कीका अध्यक्ष कृष्णबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सुनबहादुर लामा, नवराज खड्का, लक्ष्मण कुँवर, देवराज सुनार, लक्ष्मी राना, राष्ट्रिय खेलकुदपरिषद् बोर्ड सदस्य राजेशकुमार गुरुङ, अर्जन कडेल, प्रदेश खेलकुद परिषदबोर्ड सदस्य बिनय थापा र संस्थाका संरक्षक शिहान शिवबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया