चापापानी सिद्वार्थमा नयाँ नेतृत्व

समाधान संवाददाता २०८० असोज ७ गते १५:११

पोखरा ।
पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारणसभा तथा पाँचौं अधिवेशनले दीपक कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

Advertisement


उपाध्यक्षमा श्यामप्रसाद साँखी, सचिव इन्दिरा कोइराला र कोषाध्यक्ष ईन्द्रदत्त बराल छन् । सदस्यमा मनोहरि पौडेल, गुप्तबहादुर कार्की, बलबहादुर कार्की, दानबहादुर बस्नेत, कल्पना कार्की, अनिता रानामगर र मनोज कार्की सर्वसम्मत भए । लेखा संयोजकमा चित्रप्रसाद दाहाल तथा सदस्यमा चित्रप्रसाद आचार्य र कृष्णराज पौडेल छन् ।


सभामा भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचकांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरे । वाग्लेले सहकारी नाफाको पछि मात्र लाग्दा सहकारीको मर्म मर्दै गएको जनाए ।


कार्यक्रमा पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बजारमा सहकारीको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नुपर्नेमा जोड दिए । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेशबहादुर कार्कीले सहकारीका सदस्यले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने जनाए ।


कार्यक्रममा पुरानोधारा सहकारीका अध्यक्ष कृष्णप्रसाद कोइराला संस्थाका सल्लाहकार डा नगेन्द्रबहादुर भण्डारी लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष नरेश हादुर कार्कीले अध्यक्षको प्रतिवेदन, सचिव श्यामप्रसाद साँखीले सचिवको प्रतिवेदन, ऋण लगानी समिति संयोजक गुप्तबहादुर कार्कीले ऋण लगानीको प्रतिवेदन, लेखा संयोजक कुलप्रसाद दाहालले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष ईन्द्रदत्त बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया