नेस्टको वार्षिक सभा

पोखरा ।
सीप हस्तान्तरण सशक्तीकरण (नेस्ट), पोखराको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरे ।
पौडेलले गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने भन्दै राज्यप्रति थप जवाफदेही हुनुपर्ने बताए । आफ्नो कार्यक्षेत्रप्रति स्पस्ट हुनुपर्ने भन्दै पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहयोगी सहयात्री भएको हुँदा सरकारी निकायसँग प्रभावकारी समन्वय गर्न आग्रह गरे ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा बुद्धिबहादुर थापा, गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी, पोखरा महानगर पालिका सामाजिक विकास अधिकृत गीता न्यौपाने, पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा कार्यपालिका सदस्य पवित्रा केसी लगायतले मन्तव्य व्यक्त गरे ।
साधारण सभाले सूर्यप्रसाद न्यौपानेले पेस गरेको सचिवको प्रतिवेदन र सञ्जय सुवेदीले पेस गरेको कोशाध्यक्षको प्रतिवेदन पारित गर्यो । संस्थाका अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सचिव सूर्यप्रसाद न्यौपानेले गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया