नेस्टको वार्षिक सभा

समाधान संवाददाता २०८० असोज ७ गते १५:२६

पोखरा ।
सीप हस्तान्तरण सशक्तीकरण (नेस्ट), पोखराको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरे ।

Advertisement


पौडेलले गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने भन्दै राज्यप्रति थप जवाफदेही हुनुपर्ने बताए । आफ्नो कार्यक्षेत्रप्रति स्पस्ट हुनुपर्ने भन्दै पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहयोगी सहयात्री भएको हुँदा सरकारी निकायसँग प्रभावकारी समन्वय गर्न आग्रह गरे ।


कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा बुद्धिबहादुर थापा, गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी, पोखरा महानगर पालिका सामाजिक विकास अधिकृत गीता न्यौपाने, पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा कार्यपालिका सदस्य पवित्रा केसी लगायतले मन्तव्य व्यक्त गरे ।


साधारण सभाले सूर्यप्रसाद न्यौपानेले पेस गरेको सचिवको प्रतिवेदन र सञ्जय सुवेदीले पेस गरेको कोशाध्यक्षको प्रतिवेदन पारित गर्‍यो । संस्थाका अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सचिव सूर्यप्रसाद न्यौपानेले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया