संगमको सेयर पुँजी पौने ८ करोड
पोखरा ।
संगम बचत तथा ऋण सहकारीको आर्थिक वर्ष २०७९/०८० को सेयर पुँजी ७ दशमलव ७३ प्रतिशत घटेर ७ करोड ७७ लाख २१ हजार ४ सय रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सेयर पुँजी ८ करोड ४२ लाख ३५ हजार ८ सय थियो ।
शनिबार भएको १६ औं वार्षिक साधारण सभामा अध्यक्ष नवराज तिवारीले चालु आर्थिक वर्षमा ७ करोड ८२ लाख ५० हजार पु¥याउने लक्ष्य सुनाए । सहकारीको कर्जा लगानी ८ दशमलव ८२ प्रतिशत घटेर ४२ करोड ८९ लाख २५ हजार ९ सय ३३ रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७८/०७९ कर्जा लगानी ४७ करोड ४ लाख १५ हजार ६२ रुपैयाँ थियो । अध्यक्ष तिवारीले चालु आर्थिक वर्षमा कर्जा लगानी बढाएर ४७ करोड ५८ लाख ८ हजार रुपैयाँ पर्याउने जनाए ।
बचत संकलन २ दशमलव २२ प्रतिशतले घटेर ४१ करोढ ६२ लाख ५५ हजार ९ सय ३१ रुपैयाँ रहेको कोषाध्यक्ष भरतबहादुर थापाले जानकारी दिए । संगमको अघिल्लो आर्थिक वर्षको बचत संकलन ४२ करोड ५७ लाख १ हजार ८ सय २ रुपैयाँ थियो ।
सहकारीको करपछिको मुनाफा १ करोड ६६ लाख ९६ हजार ८ सय ६४ रुपैयाँ छ । यसको जगेडा तथा अन्य कोषमा ६ करोड ५५ लाख १३ हजार रुपैयाँ छ । सहकारीको स्थिर सम्पत्ति २ करोड ५८ लाख २७ हजार ९ सय ३३ रुपैयाँ पुगेको छ ।
सहकारीका बैंक तथा नगद मौज्दात १२ करोड १२ लाख ६४ हजार १ सय १७ रुपैयाँ छ । २ हजार ७ सय ४८ सेयर सदस्य रहेको सहकारीको वासलात ५७ करोड ३१ लाख ३५ हजार ३ सय ९० रुपैयाँ छ ।
साधारणले सञ्चालक समितिकोतर्फबाट सचिव धनराज पुरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भरतबहादुर थापाले पेश गरेको भावी कार्यक्रम तथा अनुमानित वार्षिक बजेट र लेखा समितिको संयोजक भोविन्द्र गिरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।
कार्यक्रममा संगम योग केसी स्मृति पुरस्कारबाट सहकारीका संस्थापक अध्यक्ष हरिकृष्ण कुँवरलाई सम्मान गरिएको छ । कार्यक्रममा सिद्धान्त कुँवर स्मृति छात्रवृत्ति अनिश नेपाली, आशा ओझा, समीक्षा शर्मालाई प्रदान गरिएको छ ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष हरिकृष्ण कुँवर, सल्लाहकार संयोजक नीरज थापा, उपाध्यक्ष बुद्धिमान थापा, सेयर सदस्यहरु अस्मिता कुँवर, शिवराज वाग्ले लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया