शीतल सहकारी १५ वर्षमा

समाधान संवाददाता २०८० असोज ७ गते १६:१०

पोखरा ।
पोखरा १७ छोरेपाटनमा रहेको शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भयो । सभामा पोखरा महानगर सहकारी समितिका अध्यक्ष रवीरमण तिवारीले ऋण लिएर तिर्नु पर्दैन भन्ने मानसिकता कसैले राखेको छ भने आजै हटाउन आग्रह गरे । ऋण लिएर सहकारीलाई समस्यामा पार्नेलाई नगरपालिकाका सेवा, सुविधा वञ्चित गर्ने प्रक्रियामा रहेको उनले जनाए ।

Advertisement


तिवारीले सहकारीहरुले पैसाको खरिद, बिक्री मात्र नगरी उत्पादनमा लगाउन सके राम्रो हुने उनको तर्क छ । पोखरा १७ का सहकारी मिलेर कोल्ड स्टोर खोल्न सके पोखरा २१ का सुन्तला र पोखरा २२ का तरकारीको उत्पादन वृद्धि भई किसानले राम्रो मूल्य पाउन सक्ने सम्भावना उनले औंल्याए ।


कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज वराल, गुप्तेश्वर महादेव गुफाका अध्यक्ष लक्ष्मण बास्तोला, पोखरा १७ की वडा सदस्य विष्णुमाया भुजेल, सल्लाहकारहरु झपिन्द्रराज रेग्मी, तीर्थ अधिकारी र रंगिला आचार्य, छोरेपाटन माविका अध्यक्ष वद्रिनाथ पहारी, कृष्णप्रसाद पोख्रेल र कृष्ण लम्साल, सहकारीका उपाध्यक्ष युवराज लामिछाने युवक, सचिव नारायणप्रसाद अधिकारी लगायतले बोलेका थिए ।


सो अवसरमा उत्कृष्ट कारोबारकर्ता विष्णुकुमारी लम्साल, युवराज लामिछाने युवक, इन्दिरा पौडेल, ईश्वरीकुमारी जैसी र प्रेमबहादुर जिसीलाई सम्मान गरिएको थियो । सेयर सदस्यका छोराछोरी स्पन्दन देवकोटा, स्मीता अधिकारी, ममता ढकाल, इश्वरी कार्की र सविन थापा, कार्यालय सहायक दिलकुमारी लामिछाने क्षेत्रीलाई सम्मान गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष ईश्वरीप्रसाद लम्सालको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया