हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

पोखरा ।
पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।
सभाको गोला प्रथाबाट प्रमुख आमन्त्रित चयन भएका सेयर सदस्य भुवनराज बरालले उद्घाटन गरेका थिए ।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष वसन्तराज अधिकारीले कोरोना महामारी, आर्थिक मन्दीलगायत अप्ठेरो परिस्थितिलाई छिचोल्दै संस्थाले आफ्नो सन्तुलन कायम गर्दै आएको र बजारमा निक्षेपको चरम अभाव हुँदा पनि कर्जा प्रवाह गर्दै आएको बताए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता दुर्गा कुँवर, मनकला खनाल र सरिता पोख्रेल, कर्जातर्फ चोकबहादुर विक, रुपा गुरुङ र पूर्णबहादुर गुरुङ तथा बेस्ट मेम्बर अवार्डबाट वेदप्रसाद शर्मा वाग्ले, सक्रिय सदस्य वीरबहादुर तामाङ र रुद्रबहादुर राना सम्मानित भए । यसैगरी संस्थाका प्रमुख व्यवस्थापक शिवप्रसाद शर्मा वाग्लेलाई सम्मान गरिएको थियो ।
पुरस्कृत सेयर सदस्य तथा विद्यार्थीहरूलाई संस्थाका सल्लाहकार चन्द्रबहादुर थापा, बोधराज पौडेल, युवराज त्रिपाठी र महेन्द्र अधिकारीले पुरस्कार वितरण गरेका थिए ।
सल्लाहकार नारायणबहादुर कार्की र उमानाथ बरालले शुभकामना व्यक्त गरे । संस्थाका अध्यक्ष वसन्तराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश क्षेत्रीले स्वागत गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष पीताम्बर पराजुली (विनय), लेखा समिति संयोजक राजकुमार पौडेल, रकम परिचालन उपसमितिका संयोजक गणेश पहारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शिक्षा उपसमिति संयोजक कमला सुवेदी र सचिव नरेश तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए । सञ्चालक समिति सदस्य रीतादेवी कँडेलले धन्यवाद ज्ञापन गरेकी थिइन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया