लेखनाथ हार्डवयरमा अर्जुन

लेखनाथ ।
लेखनाथ हार्डवयर एसोसिएसनको १ ०औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले अर्जुनराज पंगेनीको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।
प्रथम उपाध्यक्षमा लक्ष्मण सुनार, द्वितीय उपाध्यक्ष रमेश श्रेष्ठ, महासचिव शिवराज अधिकारी(सानो), सचिव ई. विजय न्यौपाने र कोषाध्यक्षमा गमबहादुर सुनार छन् । सदस्यमा सुभाष कँडेल, राजु रिमाल, अशोक तिवारी र जीवनहरि कुवँर निर्वाचित भएका छन् ।
सभामा लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले लेखनाथलाई व्यापारिक स्थल बनाउन हाडवर्यर व्यवसायीको ठूलो भूमिका रहेको जनाए । उनले आर्थिक संकटको समयमा व्यवसायलाई चलाउन चाल्नुपर्ने कदमबारे चिन्तनमनन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा डाँडाकोनाक प्रहरीचौकीका प्रमुख सुनील मल्ल, लेखनाथ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, बजार व्यवस्थापन समितिको तर्फबाट दयाराम तिवारी, निर्माण व्यवसायी समिति लेखनाथका वरिष्ठ उपाध्यक्ष भीमबहादुर नेपाली, एसोसियसनका सल्लाहकार भरतकुमार अधिकारी र गोपिचन्द्र बास्तोला, महासचिव नवराज तिवारी, प्रथम उपाध्यक्ष अर्जुनराज पंगेनी लगायतले बोलेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम जमरकट्टेलको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया