क्षत्रशक्ति सहकारीको पुँजी झन्डै साढे ४ करोड

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ को तालचोकमा रहेको क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर पुँजी झण्डै साढे ४ करोड पु¥याउन सफल भएको छ ।
२०६७ सालमा ६६ जना सेयर सदस्यहरुमार्फत स्थापना भएको सहकारीले पछिल्लो समय १ हजार ६सय ८२ सेयर सदस्यहरुमार्फत ४ करोड ३६ लाख ५१ हजार ४ सय रुपैयाँ सेयर पुँजी बनाएको हो । संस्थाको शुक्रबार सम्पन्न १३ औं साधारण सभामा उक्त जानकारी गराइएको हो ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले सहकारीमा धनी, गरिब, व्यापारी, कृषक जो कोही पनि सदस्य हुन पाउने भएकाले सहकारी साझा चौतारी भएको धारणा राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर ३० का वडासदस्य विनोदप्रसाद लामिछानेले सहकारीमा रहने जो कोहीले पनि व्यक्तिगत स्वार्थलाई भन्दा पनि सस्थागत हितलाई मध्यनजर राखेर काम गर्नुपर्ने धारणा राखेका । संस्थापक अध्यक्ष उत्तम बस्नेत र निवर्तमान अध्यक्ष ईन्द्रबहादुर थापाले सहकारीहरुले लगानीका सम्भावनाहरुको खोजी गरी व्यावसायिक उत्पादन तर्फ अग्रसर हुनुपर्ने सुझाव राखेका थिए ।
संस्थाका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य गंगा मल्ल र सेयर सदस्यहरुको तर्फबाट मीना पौडेलले सहकारीले गर्नुपर्ने काम कर्तव्य र अधिकार एवं सहकारीका सात सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा असल बचतकर्ता, असल कारोबार, उत्कृष्ट किसान, ज्येष्ठ सेयर सदस्य, लेखनाथ उद्योग वाणिज्य संघमा निर्वाचित सदस्य गंगा मल्ल एवं उच्च मावि र स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो ।
सेयर सदस्यका छोराछोरी विद्यार्थी सम्मानित भएका हुन् । संस्थाका उपाध्यक्ष सप्तबहादुर जिसीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सुवास खड्काले गरेका थिए ।
तपाईको प्रतिक्रिया