पोखरा फाइनान्स अध्यक्षको शपथ

पोखरा ।
पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक जोशीले नवनियुक्त अध्यक्ष गुरूङलाई सपथ ग्रहण गराउँदै राष्ट्र बैंकको निर्देशिकाका पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर कुशल नेतृत्व प्रदान गर्न आग्रह गरिन् । पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले नवनियुक्त अध्यक्ष गुरूङका बारेमा संक्षिप्त जानकारी गराए ।,
अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा पोखरा फाइनान्स लिमिटेडलाइ ग्राहकको रोजाइको फाइनान्स बनाउने र शेयरधनीलाई उच्च प्रतिफल दिन प्रतिवद्ध रहेको जनाए । उनले नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पूर्ण पालना गर्दै फाइनान्सको प्रगतिको लागि हरदम प्रयत्नशील रहने उल्लेख गरे ।








निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया