प्रहरी कार्यालयलाई सेनेटरी प्याड सहयाेग

पोखरा ।
नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनेटरी प्याड हस्तान्तरण गरेको छ । शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बोले ४४ औं सामाजिक सेवा दिवसको अवसर पारेर प्याड हस्तान्तरण गरिएको हो ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई ४ सय ५ थान प्याड हस्तान्तरण गरे । कार्यालयमा कार्यरत महिला कर्मचारी र थुनुवा महिलाका लागि प्याड उपलब्ध गराएको हो ।
प्रहरी उपरीक्षक थापाले महिला प्रहरीलाई सेनेटरी प्याड अभाव रहेको बताए । ‘फस्ट एड बक्स महिला मैत्री नहुनु प्रमुख समस्या छ’, उनले भने । प्रहरी सेवामा १० प्रतिशत महिला कर्मचारी कार्यरत भए पनि महिलामैत्री व्यवस्था अझै भइननसकेको उनको भनाइ छ ।
सञ्चारिका समूह गण्डकी प्रदेशकी उपाध्यक्ष कञ्चन थापाले महिलाका लागि सेनेटरी प्याड निकै महत्वपूर्ण रहेको बताइन् । ‘अब हरेक कार्यालयमा सेनेटेरी प्याडको व्यवस्था हुनुपर्छ’, उनले भनिन् ।
तपाईको प्रतिक्रिया