संकल्प सहकारीको १४ औं सभा

पोखरा ।
संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सहकारीका ७ सिद्धान्तबाट विचलित नभई अगाडि बढेकाले नै संकल्प सहकारी अहिलेको विषम परिस्थितिमा आफूलाई जोखिमरहित राखेर मजवुत हुन सकेको बताए ।
रेडियो सफलताका स्टेसन प्रमुख मधु अधिकारीले सहकारीका प्राय सेयर सदस्य ज्येष्ठ नागरिक तथा घर गृहिणी रहेकाले आर्थिक चलायमान बढाउन युवा सेयर सदस्य बढाउनुपर्ने खाँचो औंल्याए । पूर्वअध्यक्ष पदमराज बरालले नेतृत्व हस्तान्तरण युवालाई गर्नुपर्नेमा जोड दिए ।
सभामा बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने परिवेश रेग्मी र लीला बराललाई सम्मान गरिएको थियो । संस्थाको कोषाध्यक्षको प्रतिवेदन ध्रुवराज बराल र लेखा समितिको प्रतिवेदन सूर्यनाथ भट्टराईले प्रस्तुत गरे । संस्थाका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा सम्पन्न उक्त सभामा स्वागत उपाध्यक्ष सावित्री बराल र संचालन सचिव नरेशप्रसाद बरालले गरे ।
सेयर पुँजी २ करोड ८ लाख १ हजार ६०० रहेको सहकारीमा ८९ जना महिला र १३१ जना पुरुष गरी २२० जना सेयर सदस्य छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया