सिंगापुरे टोलको सभा

समाधान संवाददाता २०८० असोज ७ गते १६:३९

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १२ स्थित सिंगापुरे टोल विकास संस्थाको पाँचौ वार्षिक साधारण सभा भएको छ । सभामा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले मानवीय र सामाजिक कार्यका लागि टोल विकास संस्थाको महत्वपूर्ण भूमिका हुने जनाए ।

Advertisement


सभाले सहसचिव टिकबहादुर गुरुङको वार्षिक र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

संस्थाका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धनबहादुर गुरुङ, सहसचिव टिकबहादुर गुरुङ, सल्लाहकार बोधराज घिमिरे, सदस्य राजेन्द्र बस्ताकोटी, भृकुटी टोल विकास संंस्थाका अध्यक्ष खेमनारायण शर्मा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया