अर्धनारेश्वर टोलको सभा

समाधान संवाददाता २०८० असोज ८ गते ७:५३

पोखरा ।
अर्धनारेश्वर टोल विकास संस्था पोखरा १३ आर्बाको सातौं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार आर्बा कुइँथोकमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन समाजसेवी, ज्येष्ठ नागरिक तिलकप्रसाद बरालले गरेका थिए । बरालले टोल विकास संस्थाहरुले आफ्नो गाउँ टोल समाजको विकाश सबै मिलेर गर्नुपर्ने बताए ।

Advertisement


अर्धनारेश्वर टोल विकाश संस्थाका अध्यक्ष देवेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बरालले आफ्नो एक वर्षे कार्यकालमा गरिएका कामहरु सार्वजानिक गरेका थिए । उनले टोल विकास संस्थाका सदस्यहरुलाई तीन महिनाको खानेपानीको बिल टोल विकास संस्थाबाट भुक्तानी गरी निशुल्क सेवा प्रदान गरेको, समयसमयमा निशुल्क औषधी वितरण गरिएको, टोलवासीलाई सेफ्टी बुट, पञ्जा, प्रदान गरेको, टोलको क्यालेन्डर प्रकाशन गरेको, प्रत्येक टोलवासीलाई पाँच केजी युरिया मल निशुल्क वितरण गरिएको, समय समयमा टोल सरसफाइ गरिएको सुनाए । उनकै अनुसार टोल विकास समिटिबाट मन्दिर, पाटीपौवा, किरियापुत्री भवन बनाइएको, टोलभित्र वडा नम्बर १३ कार्यालयको सहयोगमा खुला व्यायामशाला निर्माण गरिएको छ ।


कार्यक्रममा टोल विकास संस्थाले विभिन्न समयमा विकास निर्माणका कामहरु गर्दा टोलबासीबाट महत्वपूर्ण सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मानित गरियको थियो । कवि नुमराज बराल, रतन पाण्डे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वसन्त शर्मा अधिकारी,श्री मोहरपानी आदर्श टोल बिकाश संस्था का अध्यक्ष पत्रकार श्रीराम सिग्देल, अर्धनारेश्वर टोल विकास संस्थाका संस्थापक अध्यक्ष टेकनाथ बराल, आर्बाली आमा समूहकी अध्यक्ष भगवती बराल, जिल्ला वन कार्यालय तनहुँका प्रमुख चूडामणि बराल, पर्यटन व्यवसायी इन्दिरा बराल, समाजसेवीहरु नारायणप्रसाद बराल, दामोदर बराल, राधाकृष्ण बराल, गोपाल बराल, रामचन्द्र बराल, लीलादत्त बराल, टोल विकास संस्थाका सदस्यहरु सीतादेवी बराल, प्रेमबहादुर भुजेल, रीता बराल, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


साधारणसभामा अध्यक्ष देवेन्द्रप्रसाद बराल तथा कोषाध्यक्ष गोविन्दप्रसाद बरालले प्रस्तुत गरेको अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । संस्थाकी उपाध्यक्ष विनीता बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश बरालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया