विश्व पर्यटन दिवसमा लेकसाइडमा महोत्सव हुने

पोखरा ।
विश्व पर्यटन दिवसका दिन लेकसाइडमा मिनी सडक महोत्सवमा हुने भएको छ । भारतीय राजदूत नवीन श्रीवास्तव उपस्थितिमा लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म यातायात रोकेर सडक महोत्सव गर्न लागिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । असोज १० गते ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ विश्वभर ४४ औं विश्व पर्यटन दिवस मनाउन लागिएको हो ।
‘सडकमै खाउँ, सडकमै रमाउँ भनेर पर्यटन दिवसमा सडक महोत्सव आयोजना गर्न लागिएको श्रेष्ठलले बताए । महोत्सवमा नेपाल र भारतीय विभिन्न साँकृतिक झाँकीसहित ¥यालीको आयोजना गरिएको श्रेष्ठले बताए । यसअघि अंग्रेजी नयाँ वर्षहरुमा सडक महोत्सव पोखरामा हुँदै आएकोमो विश्व पर्यटन दिवसको दिनका दिन पनि मिनी सडक महोत्सव गर्ने श्रेष्ठले सुनाए ।
पर्यटन दिवसका अवसरमा भारतका टुर अपेरटर र सञ्चारकर्मीसँग पोखरामा अन्तक्र्रियासमेत गरेको छ । भारतीय टुर अपरेटर र सञ्चारकर्मीलाई मुक्तिनाथ र गोरखा घुमाउने योजनासमेत रहेको श्रेष्ठले सुनाए ।
दिवसको अघिल्लो दिन असोज ९ मा पोखराकै मार्गीदेखि पुम्दीकोटसम्म अवसरमा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पोखराले पदयात्रा कार्यक्रम राखेको अध्यक्ष धर्म पन्थीले बताए । गण्डकी प्रदेशका जिल्लाहरुलाई केन्द्रीत गरेर विभिन्न ठाउँमा स्वागत अन्तक्र्रिया राखिएको पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरूङले जानकारी दिए ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया