जय लक्ष्मी सहकारीको सभा

पोखरा ।
जयलक्ष्मी बचत तथा ऋण सहकारीको आठौं साधारण सभा भएको छ । अष्टलक्ष्मी दिदीबैनी बचत तथा ऋण सहकारी, जयलक्ष्मी बचत तथा ऋण सहकारी र मुक्ति बहुउद्देश्यीय सहकारी संस्था एकीकृत भई जयलक्ष्मी बनेको हो ।
सहकारीका अध्यक्ष निलराज आत्रेयको अध्यक्षतामा लगातार ३ दिनसम्म कार्यक्रम भएका छन् । पहिलो दिन इकाइ ‘क’, दोस्रो दिन इकाइ ‘ख’ को सभा सभा भएका छन् । तेस्रो दिनको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकीका सचिव सहदेव प्रसाद हुमागाईले सहकारीले अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्ने बताए ।
हुनुहुन्थ्यो। ७९ भन्दाबढी सदस्यहरुको उपस्थितिमा भएको सो कार्यक्रम सस्थाका प्रमुख कार्यकारी अधिकृत सुशिल के. सी. ले सन्चालन गर्नु भएको थियो।
जय लक्ष्मीका अहिले रानीपौवाका केन्द्रीय कार्यालयका अतिरिक्त लामाचौर र सार्दीखोलामा कार्यालय छन् । आगामी दिनमा आवश्यकता अनुसार कार्यालय थप्दै जाने कार्यालय प्रमुख कार्यकारी अधिकृत सुशील केसीले बताए । यसका सेयर सदस्य २ हजार ४२ जना छन् ।
यसले सुनौलो बाल बचत, सदस्य मासिक बचत, जयलक्ष्मी साधारण बचत, जयलक्ष्मी बिशेष बचत, जयलक्ष्मी नारी बचत, जयलक्ष्मी ज्येष्ठ नागरिक बचत, जय लक्ष्मी कर्मचारी बचत खाता, सुनौलो भविष्य बचत र आवधिक निक्षेप जस्ता खाता सञ्चालना गरेको कार्यकारी अधिकृत सुशील केसीले बताए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया