कञ्चन सहकारी १६ वर्षमा

समाधान संवाददाता २०८० असोज ८ गते १४:४६

पोखरा ।
पोखरा ५ मालेपाटन मा रहेको कञ्चन बचत तथा ऋण सहकारीले आइतबार विविध कार्यक्रम गरी १५ औं स्थापना दिवस मनाएको छ । ८ करोड सेयर पुँजी र १ हजार ४ सय सेयर सदस्यहरु भएको कञ्चनले ताल बाराही मन्दिर पुनर्निर्माणका लागि १० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ ।


संस्थाले कारोबार गर्ने सक्रिय र निस्कृय १ सय जना सेयर सदस्यहरु भेला गराई कारोबारको स्थिति, सेयर सदस्यको काम, कर्तव्य, अधिकार, सामाजिक उत्तर दायित्व आदिबारे छलफल गरेको छ । कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले तल्लो तहमा रहेका जनताको उत्थानमा सहकारीले ठूलो भूमिका निर्वाह गर्न सक्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया