नारी उत्थान पुरस्कार सुष्मालाई

पोखरा ।
नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता सुष्मा पौडललाई प्रदान गरिने भएको छ । नारी उत्थान दिदीबहिनी समूह पोखराले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको यो पुरस्कार पहिलो पल्ट पौडेललाई प्रदान गर्न लागिएको हो ।
पुरस्कार छनोट समिति संयोजक माधव वियोगीले पुरस्कार सोमबार आयोजित समारोहमा हस्तान्तरण गरिने बताए । समितिका सदस्यमा समूहकी अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे, अधिवक्ता जानुका शर्मा र उपाध्यक्ष बिमला भुजेल थिए ।
पत्रकारितासँगसँगै महिला हिंसा न्यूनीकरण र सामाजिक जागरणका विभिन्न अभियानमा सक्रिय पोखरा बिरौटा निवासी पौडेलले कास्कीसहित विभिन्न जिल्लामा पुगेर महिला सशक्तीकरणका विभिन्न कार्यक्रम गर्दै आएकी छन् ।
समाजसेवा क्षेत्रमा विशिष्ट र प्रभावकारी कार्य गर्ने नारी प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले संस्थाले यो पुरस्कार स्थापना गरेको समूहकी अध्यक्ष जानुका पौडेलले बताइन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया