पोखरेली ट्याक्सी सेवाको अध्यक्षमा पौडेल

पोखरा ।
पोखरेली ट्याक्सी सेवा प्रालिको अध्यक्षमा शोभाकान्त पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न पाचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् । यसअघि प्रालिका अध्यक्ष प्रकाश मणि तिवारी थिए । प्रातिको समितिमा वरिष्ठ उपाध्यक्षमा सूर्य थापा, प्रथम उपाध्यक्षमा रामजी घिमिरे, द्वितीय उपाध्यक्षमा पूर्ण गुरुङ निर्वाचित भएका छन् ।
महासचिवमा युवराज भट्टराई, कोषाध्यक्षमा सुरथ पौडेल निर्वाचित भएन भने सदस्यमा युवराज गुरुङ, मधुसुधन पौडेल, डिल बहादुर नेपाली, मदन कुमार सुनार, डुलबहादुर राना (विकास) निर्वाचित भएका छन् । सर्वसम्मत अध्यक्षमा निर्वाचित गराउने सम्पूर्ण सदस्यप्रति अध्यक्ष पौडेलले आभार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष तिवारीले प्रालि स्थापनादेखि हालसम्म आफूलाई अध्यक्षमा सहयोग गर्ने र कार्यकाल सफल बनाउन योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । आगामी नेतृत्वलाई सफल बनाउन पनि मेरो आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया