इन्टर कलेज ब्यान्ड कम्पिटिसनमा दर्शकलाई निशुल्क सिम

पोखरा ।
पोखरामा हुने इन्टर कलेज ब्यान्ड कम्पिटिसन हेर्न जाने दर्शकलाई निशुल्क सिम वितरण गरिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा असोज १२ र १३ गते हुने सो प्रतियोगिता हेर्न जाने दर्शकलाई नेपाल टेलिकमको सिम निशुल्क वितरण गरिने भएको हो ।
दर्शकले काटेको टिकटको आधारमा सिम वितरण गरिने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले जानकारी दिए । सिम वितरणका लागि नेपाल टेलिकमले स्टल राख्ने उनको भनाई छ । सिममा व्यालेन्स कति हुन्छ भन्नेबारेमा भने नेपाल टेलिकमले निर्णय गरिसकेको छैन ।
प्रतियोगितामा करीब २५ टिमले प्रतिस्पर्धा गर्ने संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । फारम भर्ने क्रम सकिएर अहिले डिजिटल अडिसनका लागि ब्यान्डहरुले पठाएको भिडिओ हेरेर छनोट गर्ने काम भइरहेको उनले बताए । प्रतिस्पर्धाका लागि संघले यसअघि फारम भर्नका लागि आह्वान गरेको थियो ।
प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा कक्षा ८ देखिमाथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको ब्यान्ड सहभागी हुन पाउने प्रावधान छ ।
प्रतियोगिताका लागि सहभागी हुन चाहने कलेज ब्यान्डहरुले फारम भरेपछि डिजिटल अडिसनका लागि भिडियो पठाएका छन् । भिडियोका आधारमा दोश्रो चरणका लागि ब्यान्डहरु छनोट हुने संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले बताए । त्यसमा छनोट भएकाहरु सेमीफाइनलमा प्रवेश गर्ने र फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्नुपर्ने उनले स्पष्ट पारे । फाइनल राउन्डमा प्रवेश गरेकाहरुले गरेको प्रस्तुतिका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने उनले जानकारी दिए । उनका अनुसार ब्यान्डहले कभर सङमात्रै गाए पुग्छ ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपविजेतालाई नगद ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाई पनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया