मणिपाल अस्पतालका डाक्टर कुटिए, एकजना पक्राउ

समाधान संवाददाता २०८० असोज ८ गते १७:३८

मणिपाल अस्पतालका डाक्टर अनिल शाहमाथि बिरामीका आफन्तले कुटपिट गरेका छन् । उनलाई हातपात गरेको आरोपमा पोखरा ५ का विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लमजुङबाट ल्याइएकी ५७ वर्षीया बिरामीको उपचारका क्रममा निधन भएपछि सोमबार डाक्टर शाहमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

बिरामीका आफन्तले डक्टरमाथि हातपात गरेपछि मणिपाल अस्पतालमा तनाव छ।

Advertisement

बिरामीका आफन्तहरुले भने चिकित्सकमाथि हातपात नगरेको बरु उल्टै चिकित्सकले नै अभद्र व्यवहार गरेको बताएका छन् । शोकमा परेका आफन्तलाई चिकित्सकहरु नै आएर घेराउ गरेको बिरामीका एक आफन्तले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया