मुस्ताङमा ९ ड्रोन जफत

जोमसोम ।
मुस्ताङमा ९ मानवरहित (ड्रोन)क्यामेरा जफत भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आर्थिक वर्ष २०७९÷०८० मा नेपाल नागरिक उड्डयान प्राविधिकरणबाट उडान उपकरणको दर्ता अनुमति नलिई प्रयोग भएका ९ पर्यटकका ९ थान मानवरहित (ड्रोन) क्यामेरा जफत गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले गत वर्ष ३ भारतीय, ५ जना नेपाली र १ जना थाई गरी ९ जनाका ९ थान मानवरहित (ड्रोन) क्यामेरा जफत गरेको थियो । प्रहरीले ड्रोन उपकरण अनुमतिपत्र नलिई गत वर्षको कात्तिक १२ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ सेल्फी डाँडामा ड्रोन उपकरण उडाउँदै गरेका भारतीय नागरिक देवीश्री गुरुजीको ड्रोन उपकरण नियन्त्रणमा लिएको थियो ।
गत वर्षकै चैत ८ मा भारतीय नागरिक अनिरुद्ध प्रतापसिंहले प्रयोग गरेको ड्रोन क्यामेरा घरपझोङ गाउँपालिका ४ जोमसोमबाट प्रहरी नियन्त्रणमा लिएको थियो । य भारतीय नागरिक राजेश भाई सुहाग्यालाई पनि गत वर्षको चैत १० गते वारागुङ मुक्तिक्षेत्र १ मा बिना ईजाजत लुकिछिपी ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गएको साल नै जेठ १६ गतेसम्म काठमाडौंका शाश्वत खरेल, शैलेस भुसाल, ललितपुरका एरिक महर्जन, सिन्धुलीका कमल लामा र भक्तपुर सूर्यविनायकका काजी तामाङले प्रयोग गरेका मानवरसहित ड्रोन उपकरण प्रहरीले नियन्त्रणमा लिएको थियो । ललितपुरका एरिक महर्जनले उपल्लो मुस्ताङको लोमान्थाङमा ड्रोन उपकरण प्रयोग गरेका थिए । गत वर्षको जेठमा १ थाइल्यान्डका नागरिकले उडाएको ड्रोन पनि मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गत वर्ष नेपाल नागरिक उड्यन प्राधिकरणबाट मानवरहित ड्रोन उपकरण अनुमतीपत्र नलिएको र ड्रोन उपकरण कार्यविधि अनुसार स्थानीय प्रशासन र गृह मन्त्रालयको स्वीकृत नलिई प्रयोग गरिएको ड्रोन उपकरण नियन्त्रणमा लिएर नेपाल नागरिक उड्यन प्राविधिकरण शाखा जोमसोम कार्यालयलाई बुझाइएको थियो ।
ड्रोन कार्यविधि २०७५ अनुसार ड्रोन उडान अनुमति नेपाल नागरिक उड्यन प्राविधिकरणमा लिनुपर्ने हुन्छ । कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, कला, संस्कृति, मनोरञ्जन, विकास तथा विपद् व्यवस्थापन, सुरक्षा तथा आमसञ्चार जस्ता विषयमा अध्ययन अनुसन्धान, सूचना सम्प्रेषण र सर्वेक्षण आदिका लागि ड्रोन उपयोग गर्ने व्यक्ति, संघ र संस्था लगायतका निकायले नेपाल नागरिक उड्डयान प्राधिकरणको अनुमति लिनुपर्ने हुन्छ ।
ड्रोन उपरकण प्रयोग गर्नुअघि सम्बन्धित क्षेत्रको स्थानीय प्रशासनको स्वीकृति पनि चाहिन्छ । गत वर्ष मुस्ताङमा मानवरहित हवाई उपकरण ९ ड्रोन क्यामेरा उडाउन ९ जनाले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लिखित अनुमति लिएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए । ड्रोन उडानका लागि अनुमति लिन आउनेलाई ड्रोन ईजाजतपत्र भए÷नभएको प्रमाणित गरेर मात्र अनुमति दिने गरिएको छ ।
२ केजी वजन भएको ड्रोन प्रयोगको अनुमपित स्थानीय प्रशासन र सो भन्दा माथिको ड्रोन उडानको अनुमति गृह मन्त्रालयबाट लिनुपर्छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया