‘सामान्य त्रुटिमा व्यवसायीको चरित्रहत्या नहोस्’

पाेखरा ।
पोखरा उद्योग वाणिज्य संघले मानवीय स्वभाव वा असावधानीवश भएका सामान्य त्रुटिमा टेकेर व्यवसायीको चरित्रहत्या भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ । समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम सञ्चालन नहुनु, दुकान–कबलमा भीडभाड भएको बेला अनुगमन गरिनुले सामान्य त्रुटि हुन सक्ने संघले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘मानवीय स्वभाव वा असावधानीवशः भएका सामान्य त्रुटिमा टेकेर व्यवसायीको चरित्रहत्या हुने गरी प्रचार/प्रसार गराउनुलाई न्यायोचित मान्न नसकिने हाम्रो ठहर छ,’ संघ महासचिव वलराम आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । संघले चाडबाडलाई लक्षित गरी आफ्ना उत्पादन र सेवामा यथासक्य छुटको व्यवस्था गर्न र गुणस्तरीय वस्तु एवं सेवा बिक्रीको व्यवस्था मिलाउन उद्योगी व्यवसायी लाई अनुरोध गरेको छ ।
विज्ञप्तिमा कानूनले तोकेभन्दा बढी नाफा नलिन, उपभोक्ता अधिकारप्रति सचेत रहन र म्याद गुज्रेका सामान खरिद–बिक्री नगर्न पनि आग्रह गरिएको छ । चाडबाडको समयमा ‘मौषमी’ रुपले गरिने बजार अनुगमनबाट व्यवसायीले असजह महसुस गर्ने विज्ञप्तिमा उल्लेख छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया