पृथ्वीसुब्बा प्रस्तावक, खगराज र पद्मा समर्थक बसे प्रदेश अध्यक्षमा उम्मेदवारी दिन्छु
आउँदा कुनै पनि निर्वाचनमा आफू उम्मेदवार बन्दिनँ, पार्टीलाई जिताउन लाग्छु
पोखरा ।
एमाले केन्द्रीय सदस्य कृष्णबहादुर थापाले गण्डकीका शीर्ष नेताहरुको साथ र समर्थन भए आफूले पार्टीको गण्डकी प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।
‘कमरेड पृथ्वीसुब्बा गुरुङ प्रस्तावक र कमरेडहरु खगराज अधिकारी पद्मा अर्याल समर्थक बस्ने हो भने म अध्यक्षको उम्मेदवार बन्छु,’ थापाले समाधानसँग भने । आफू प्रदेश कमिटी अध्यक्ष निर्वाचित भए आउँदा कुनै पनि स्थानीय, प्रदेश र प्रतिनिधि सभा लगायतका निर्वाचनमा उम्मेदवार नबन्ने प्रतिबद्धता पनि थापाले व्यक्त गरेका छन् ।
‘प्रदेश कमिटी अध्यक्ष बनेर गण्डकीमा एमालेका उम्मेदवार सबैलाई जिताउन लाग्नेछु,’ उनले भने, ‘मचाहिँ उम्मेदवार बन्दिनँ ।’
आउँदो साता हुने एमाले गण्डकीको अधिवेशन हुँदैछ । त्यसका लागि पालिकाहरुबाट प्रतिनिधिहरु चुनिएका छन् । झन्डै ९ सय प्रतिनिधिले अधिवेशनमा भाग लिँदैछन् । प्रदेशको अध्यक्ष बन्न केन्द्रीय सदस्य कृष्ण थापासहित झन्डै दर्जनजना आकांक्षी देखिएका छन् ।
तपाईको प्रतिक्रिया