ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा

पोखरा ।
ब्युटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथले आइतबार संयुक्त रुपमा साधारणसभा सम्पन्न गरेको छ । आर्थिक समृद्धिका लागि सौदर्य पेशा आजको आवश्यकता भन्ने मूल नाराका साथ साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीकी अध्यक्ष तथा सौन्दर्यकर्मी चिनु गुरुङले ब्युटिसियनहरु दैनिक केमिकलसँग खेल्नुपर्ने भएकोले यसको प्रयोगमा ध्यान दिनुपर्ने बताइन् । उनले हेयर स्ट्रेटमा प्रयोग हुने केमिकलहरुको प्रयोग गर्दा प्रक्रियामा ध्यान दिन र सेवाग्राहीलाई समान मूल्यको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेवा पत्रकार पुचः कास्कीकी अध्यक्ष अनिशा श्रेष्ठले सौन्दर्य क्षेत्रप्रति मानिसहरुको दृष्टिकोण सकारात्मक बन्दै गएको बताइन् । ब्युटिसियन पेसा अपनाएर अहिले महिलाहरुले राष्ट्रिय र अन्तराष्ट्रि स्तरमा आर्थिक समृद्धि हासिल गरेको बताइन् ।
साधारणसभा कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता थियो । साधारण सभाको अवसर पारेर ब्युटिसियन पेसामा आबद्ध व्यवसायीहरुलाई प्रोत्साहन स्वरुप ब्युटिसियन पेशासम्बन्धी जिन्सी सामानहरु हस्तान्तरण गरिएको थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया