२१ सय गाँजाका बोट फडानी

पोखरा ।
कास्कीका ७ सामुदायिक सेवा केन्द्रले एकै मिति, समयमा एकै साथ आआफ्नो कार्य क्षेत्रमा गाँजा फडानी गरी नष्ट गरेका छन् । सबै सेवा केन्द्रले मंगलबार बिहान साढे ७ देखि १० बजेसम्म विभिन्न स्थानमा गरी करिब २ हजार १ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको सामुदायिक सेवा जिल्ला समन्वय समिति अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरिक्षक मोहनकुमार थापाको अवधारणा अनुसार जिल्ला समन्वय समिति कास्कीको विशेष सहयोगमा कास्कीका सबै सेवा केन्द्रले एकै पटक एउटै मितिमा गाँजा फडानी गरेका हुन् । अध्यक्ष पराजुलीले विभिन्न प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामा लागुऔषध म्बन्धी सबै भन्दा बढी भएको बताए ।
‘व्यक्तिले घर कम्पाउण्डभित्र तथा सार्वजनिक स्थलमा उम्रेर हुर्के बढेका गाँजाको प्रयोग तथा सेवनको कारण अपराधका घटना बढेका छन,’ अध्यक्ष पराजुलीले भने, ‘लागुऔषधका प्रयोगकर्ता बढेसँगै अपराधका घटना मात्र होइन, टोल समाजमा असुरक्षासमेत बढेको छ ।’ उनले विकृति, विसंगति बिरुद्धका अभियान सञ्चालन गर्ने सबै सेवा केन्द्रले नियमित रुपमा गाँजा फडानी गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको बताए ।
अध्यक्ष पराजुलीले जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय, लागुऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्ने संघ, संस्थाको सहकार्यमा कार्यक्रम गरेको बताए । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र बैदामले पोखरा ६ लेकसाइडको शान्ति पाटन क्षेत्रमा ५ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको अध्यक्ष नेत्रलाल भण्डारीले जानकारी दिए ।
जिल्ला समन्वय समिति कास्कीको विशेष सहयोगमा कास्कीका सबै सामुदायिक सेवा केन्द्रले एकै पटक एउटै मितिमा गाँजा फडानी गरेका हुन्
वडा प्रहरी कार्यालय बैदाम, परिवार नेपालको सहकार्यमा जिल्ला समन्व समितिका अध्यक्ष पराजुली, वडा प्रहरी कार्यालय बैदामको प्रहरी निरीक्षक ज्ञानबहादुर क्षेत्रीको सहभागितामा संस्थाका उपाध्यक्ष सोभियत परियारको संयोजकत्वमा कार्यक्रम भएको हो ।
सामुदायिक सेवा केन्द्र माटेपानीले पोखरा ११ को काँहुडाँडामा २ सय ५० गाँजाको बोट फडानी गरी नष्ट गरेको संस्थाका अध्यक्ष मिरादेवी आचार्यले जानकारी दिइन् । सामुदायिक सेवा केन्द्र बगरले पोखरा १८को लामागाउँ क्षेत्रमा अबैध रुपमा हुर्काएका ३ सय गाँजा बोट फडानी गरी नष्ट गरेको छ । संस्थाका अध्यक्ष रामप्रसाद अधिकारीले कार्यसमितिका सदस्य कमलप्रसाद बास्तोलाको संयोजकत्वमा त्यस क्षेत्रमा फडानी गरिएको गाँजा वडा प्रहरी कार्यालय बगर कास्कीको कम्पाउन्डमा ल्याई नष्ट गरिएको बताए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले पोखरा महानगरपालिका वडा नं.९ स्थित पार्वतीटोल, जनकल्याणटोल, शुभकामनाटोल, शिवटोल लगायतका स्थानमा करिब २ सय ५० गाँजा फाँडेर नष्ट गरेको छ । संस्थाका अध्यक्ष कमलबहादुर श्रेष्ठले सामुदायिक सेवा केन्द्रका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार चिरिञ्जीवी श्रेष्ठको अगुवाईमा सेवा केन्द्रका पदाधिकारी तथा कार्यसमिति सदस्य, सहयोग उपसमिति सदस्य, आमा समुह, टोल विकास संस्था, कार्यरत प्रहरी कर्मचारीसहितको सहभागितामा गाँजा फडानी गरेको बताए ।
सामुदायिक सेवा केन्द्र लेखनाथले पोखरा ३३ भरतपोखरीको बागमारामा करिब ३ सय गाँजाका बोट फाँडेर नष्ट गरेको अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । सामुदायिक सेवा केन्द्र कालिकाले पोखरा २८ माझठानाको सौर्यमा करिब १ सय गाँजाका बोट फाँडेर नष्ट गरेको छ । संस्थाका अध्यक्ष बिकल केसीले जथाभावी रुपमा हुर्के बढेका गाँजाको सेवन तथा कारोबारको घटना बढेकोले नष्ट गर्ने अभियानलाई निरन्तरता दिने जानकारी दिए ।
सामुदायिक सेवा केन्द्र हेमजाका अध्यक्ष दानबहादुर भुजेलले पोखरा २५ कालिकाचोक क्षेत्रमा करिब ५ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको बताए । सामुदायिक सेवा केन्द्रहरुको गाँजा फडानी अभियानमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न समाजिक संघ संस्था, परिवार नेपाल, नव जीवन नेपाल, नेपाल प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो पोखरा, युवा क्लब, आमा समूह र टोल विकास संस्था, लायन्स क्लबहरुले सघाएका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया