डक्टरलाई साफ चुटेर आएँ भन्ने इन्स्पेक्टर श्रेष्ठको निलम्वन सिफारिस

पोखरा ।
मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा डक्टरहरुलाई साफ चुटेर आएँ भन्दै भीडलाई उक्साएको आरोपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठलाई निलम्बनको सिफारिस भएको छ ।
कास्की जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठको निलम्बन सिफारिस गरेको हो । जिप्रकाले श्रेष्ठलाई निलम्बनको सिफारिस गृह मन्त्रालयलाई गरेको हो । उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ ।
साेमबार मणिपाल अस्पतालमा उपचारचार ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भएको थियो । चिकित्सकमाथि हातपात भएको बन्दै चिकित्सकहरु आन्दोलित छन् । मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ । चिकित्सकहरुले आफूहरुको मनोबल गिरेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जनाएका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया