पोखरामा ‘स्ट्याण्ड अप कमेडी शो’ हुने

समाधान संवाददाता २०८० असोज १० गते १४:२५

पाेखरा ।

Advertisement

पोखरामा पहिलो पटक ईन्टरनेशनल स्ट्याण्ड अप कमेडीशो हुने भएको छ । इन्डियन स्ट्याण्ड अप कमेडियन आकाश मेहता यही सिलसिलामा नेपाल आएका छन् ।

आउदो आश्विन ११ गते बिहिबार, पोखरा लेकसाइडको प्याराडिजो बारमा इन्डियन कमेडियन आकाश मेहताको शो रहने प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । कमेडियन आकाश मेहतासंगै नेपालका स्ट्याण्ड अप कमेडियन आयुष श्रेष्ठ र एलेन जंग थापाले पनि आफ्नो प्रस्तुति दिने प्रचार नेपालका संचालक पुरीले जनाए ।

Advertisement

इन्टरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम चितवन, पोखरा र काठमाडौँमा हुनेछ । कार्यक्रमसंगै इन्डियन कमेडियन आकाश मेहताको नेपाल टुर समेत हुने छ ।

कमेडीमा आफ्नो पहिचान बनाउन सफल कलाकारहरुको कमेडीले दर्शकलाई मनोरञ्जन दिनुका साथै नेपालको विभिन्न पर्यटकीय स्थानहरुको प्रचार प्रसार गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजक कमिटिका सदस्य सुमन भट्टराईले बताए ।

प्रचार नेपालले व्यवस्थापन गरेको कार्यक्रम चितवनमा सेप्टेम्बर २५ मा भैसकेको र पोखरामा २८ सेप्टेम्बरमा हुने छ । देवर्सको प्रस्तुति ‘लाफ एण्ड क्ल्याप’ को सहभागितामा हुने कार्यक्रम काठमाडौँमा ३० सेप्टेम्बरमा हुनेछ ।

कार्यक्रमको डकुमेन्ट्री भिडियो बनाएर बिभिन्न स्थानहरुको प्रचार गरिने प्रोडक्सन हेड तथा डकुमेन्ट्रीका निर्देशक सौगातमान सिंह बस्नेतले बताए।

तपाईको प्रतिक्रिया