सराङकोटमा कृषि बैंकको पिओएस मेसिन संञ्चालन
समाधान संवाददाता
२०८० असोज १० गते १५:२४

पोखरा ।
कृषि विकास बैंक लिमिटेड चिप्लेढुंगा (नयाँबजार) पोखरा शाखाले सराङकोटमा पिओएस मेसिन राखेको छ । बैंकिङ कारोबारको सहजताका लागि बैंकले होटेल ब्रिसामा मेसिन हस्तान्तरण गरेको हो ।
मेसिनबाट ग्राहकले सिधै आफ्नो डेबिट कार्ड, क्रेडिट कार्ड, मास्टर कार्डबाट बिल तिर्न सकिने बैंकका प्रदेश निर्देशक घनेन्द्र अधिकारीले जानकारी दिए ।
मेसिनको सुरुसँगै नेपालमा नगद रहित करोबारको विकास हुने, ग्राहकहरुलाई पेमेन्ट गर्न सहज हुने तथा डिजिटल सिस्टमको विकास हुने उनको भनाइ छ ।
मेसिन अधिकारीले होटल संञ्चालक बेलबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शाखा कार्यालयका प्रबन्धक हिमलाल श्रेष्ठ, गण्डकी प्रदेश कार्यालयका आईटी ईन्जिनियर सुमन थापा र सूचना प्रविधि अधिकृत ई सन्तोष गिरीको उपस्थिति थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया