न्युयोर्कमा इन्ट्रा कप

समाधान संवाददाता २०८० असोज ११ गते १२:५३

पोखरा ।

इन्ट्रा नेसनल वेल्फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले न्युयोर्कको रोचेस्टरमा वार्षिक इन्ट्रा कप २०२३, सक्कर र भलिबल टुर्नामेन्ट आयोजना गरेको छ । मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सफलतापश्चात यो कार्यक्रम गरिएको हो ।


फाउन्डेसनका अध्यक्ष दिल्ली अधिकारीले खेलकुदमा सहभागिता प्रवद्र्धन गर्दै समुदाय माझ स्पोर्ट्सम्यानसिपलाई बढावा दिन कार्यक्रम गरिएको जनाए । उनले भने, ‘खेलकुद टिमवर्क, सहकार्य र टिम स्पिरिट जस्ता महत्वपूर्ण मूल्य, मान्यतालाई बढावा दिने प्रमुख माध्यम हो ।’

Advertisement


इन्ट्रा कप सक्कर टुर्नामेन्ट पुरुषतर्फका विजेता टिमाई स्क्वाडले १५ हजार अमेरिकी डलर र महिलातर्फका विजेता साइनिङ स्टार्सले १० हजार अमेरिकी डलर पाएका छन् । टुर्नामेन्टको भेट्रानतर्फको उपाधि सिन्सी इन्ट्रा एफसीले जितेको छ । सिन्सीले १० हजार अमेरिकी डलर पयो ।


भलिबल टुर्नामेन्टमा महिलातर्फको उपाधि बेलमोन्टले जितेर ८ हजार अमेरिकी डलर नगद पायो भने पुरुषतर्फ रुकुम एले उपाधि जितेको छ । रुकुमले १० हजार अमेरिकी डलर पाएको छ । इन्ट्रा नेसनल वेल्फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका नेपाली संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्ने संस्था हो ।

Advertisement

तपाईको प्रतिक्रिया