सनसाइनको सेयर पुँजी साढे ४ करोड

समाधान संवाददाता २०८० असोज ११ गते १२:५६

पोखरा ।
सनसाइन बचत तथा ऋण सहकारीको २०७९/०८० को सेयर पुँजी ८.६ प्रतिशत बढेर ४ करोड ५९ लाख ५८ हजार ६ सय पुगेको छ । सहकारीको आर्थिक वर्ष २०७८/०७९ को सेयर पुँजी ४ करोड २३ लाख १७ हजार ६ सय थियो ।

Advertisement


सहकारीको बुधबार भएको २४ औं वार्षिक साधारण सभामा अध्यक्ष अग्निप्रसाद कँडेलले २०७९/०८० मा सेयर पुँजी ३६ लाख ४१ हजार बढेको जानकारी दिए । उनले आर्थिक वर्ष २०७९/०८० मा सहकारीको कुल कारोबार ४१ करोड ८० लाख ६ हजा ७४ रुपैयाँ पुगेको बताए ।


सहकारीका सचिव नवराज अधिकारीले सहकारीले २०७९/०८० मा ६९ सेयर सदस्यलाई ३ करोड ३७ लाख ७८ हजार ४ सय ९६ रुपैयाँमा कर्जा लगानी गरेकोमा सदस्यबाट विगतको समेत गरी ७ करोड ४२ लाख १८ हजार ३ सय ४२ रुपैयाँ असुल भई लगानीमा रहेको ऋण २९ करोड ३७ लाख १७ हजार ४५ कायम रहेको जानकारी दिए ।


सहकारीका कोषाध्यक्ष नेत्रलाल भण्डारीले २०७९/०८० मा सहकारीको बचत संकलन २६ करोड ७५ लाख ३४ हजार ३ सय ७६ रुपैयाँ कायम भएको जानकारी दिए । सन साइनको अघिल्लो आर्थिक वर्षको बचत संकलन २७ करोड ३५ लाख ५८ हजार ६ सय ७० रुपैयाँ थियो । ५ करोड ६७ लाख ४५ हजार २ सय ८९ रुपैयाँ कुल आम्दानी गरेको छ । सहकारीको ४ करोड ६३ लाख ६ हजार १ सय ६० खर्च कटाएर खुद नाफा १ करोड ६१ लाख ९ हजार १ सय २८ रुपैयाँ भएको छ ।


यसको जगेडा कोषमा ५ करोड २३ लाख ८ हजार ७ सय ७० रुपैयाँ छ । सहकारीको स्थिर सम्पत्ति ५ करोड ३६ लाख ५ हजार १ सय ५२ रुपैयाँ पुगेको छ । सहकारीले १ करोड ७१ लाख १४ हजार २ सय ६० रुपैयाँ बराबरको ऋण सुरक्षण कोषको व्यवस्था गरेको छ ।

Advertisement


गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले साधारण सभामा तीन खम्बे अर्थनीति अन्तर्गत सहकारीको आर्थिक क्षेत्रको विकासमा योगदान रहेको बताइन् । उनले वर्तमान असहज अवस्थामा सहकारीले सञ्चालन र व्यवस्थापनको जटिलतालाई पार गरेको उल्लेख गरिन् ।


गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य राजीव पहारीले सहकारीका पदाधिकारी, सञ्चालक तथा व्यवस्थापकको सक्षमताले सबै खालका प्रतिकूलतालाई अनुकूलतमा बदलेको दाबी गरे । साधारणले सञ्चालक समितिको तर्फबाट सचिव नवराज अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नेत्रलाल भण्डारीले पेश गरेको प्रतिवेदन र लेखा समितिको संयोजक सुकमाया नेपालीले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सुधारसहित पारित भएका छन् ।


कार्यक्रममा सहकारीका असल कारोबार गर्नेहरु कुलबहादुर नेपाली, जसबहादुर दमै, जश्मी गुरुङ, माया सुनार, नरबहादुर गुरुङ, नेत्रलाल भण्डारी, पूर्णसुब्बा गुरुङ, सीता ज्ञवाली, नन्दाकुमारी गुरुङ, इन्दिरा विक, पार्वती लिगल, नवराज अधिकारी, सञ्जुकुमारी माली, सम्झना गुरुङ, मनोज राई, विष्णुमाया शर्मा सुवेदी र भेषराज पौडेललाई सम्मान गरिएको छ । अञ्जु नेपालीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित बनिन् ।


कार्यक्रममा संविधान सभाका सदस्य टेकु नेपाली, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, नेफ्स्कूनका अनुगमन अधिकृत मनोज खड्का, सहकारीका संरक्षक गजकुमारी गुरुङ, उपाध्यक्ष नरेन्द्र मित्रकोटी, शिक्षा समितिका सदस्य सम्झना गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया