भूपू सैनिक सहकारीको सभा

समाधान संवाददाता २०८० असोज ११ गते १२:५८
Exif_JPEG_420

पोखरा ।
पोखरा २५ हेमजामा रहेको भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा बुधबार भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले राष्ट्रका निम्ति काम गरेर अवकाशपछि संस्था सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।

Advertisement


उनले सहकारी बचत तथा ऋणमात्र नभई उत्पादनमा केन्द्रीत हुने आवश्यक रहेको जनाए । कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक हरिप्रसाद त्रिपाठी, नेपाल भूपू सैनिक संघ कास्की अध्यक्ष बलराम पौडेल र शिक्षा उपसमिति सदस्य पार्वती थापा बानियाँ, सहकारीका सचिव शेरबहादुर कार्की, सहसचिव पार्वती थापा, सहायक व्यवस्थापक दुर्गा तिमिल्सिना लगायतले बोलेका थिए ।


सभामा उत्कृष्ट बचतकर्ताको रुपमा देवुमाया तिमिल्सिना र उत्कृष्ट कर्जामा लक्ष्मण विक सम्मानित बने । कार्यक्रममा सचिव शेरबहादुर कार्कीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर कुँवरले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएका छन् ।

Advertisement

संस्थाको सेयर पुँजी ३ करोड ३६ लाख ६ हजार ३ सय रहेकोमा निक्षेप संकलन ६ करोड २० लाख ५१ हजार ९ सय ७५ र ऋण लगानी ८ करोड ८७ लाख २७ हजार ६ सय ९२ रुपैयाँ रहेको व्यवस्थापक प्रेमराज तिमिल्सिनाले बताए । कार्यक्रम संस्थाका अध्यक्ष सुरेशबहादुर सापकोटाको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया