४ वर्षपछि खुल्ने भयो कोरलानाका
जोमसोम— लगातार ४ वर्षदेखि बन्द रहेको मुस्ताङको उत्तरी कोरलानाका खुल्ला हुँने भएको छ । दशै अगावै नेपाल—चीन ब्यापारिक नाका अन्तर्गत मुस्ताङको कोरलानाका खुल्ला गर्ने तयारी भईरहेको बताईएको छ ।
नेपाल—चीन सीमानाका १४ वटा स्थानमा ब्यापारिक नाका पुनः खोल्ने विषयमा सन् २०१९ हस्ताक्षर भएको थियो । नेपालका लागि चिनिया दुतावासले सोही हस्ताक्षर अन्र्तगत नेपाल पक्षलाई एक साताअघि कुटनीतिक नोट पठाएसंगै लगातार ४ वर्षसम्म बन्द रहेको कोरलानाका खुल्ला हुँन लागेको हो ।
सो हस्ताक्षरको एग्रिमेन्ट अफ द बोर्डर मेनेजमेन्ट सिस्टम बमोजिम नेपाल पक्षले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई अतिरिक्त प्रवेश अनुमती पत्र जारी गर्ने , प्रवेश अनुमती पत्रको नमूना चिनियाँ पक्षलाई कूटनीतिक माध्यमबाट उपलब्ध गराउन अनुरोध गर्दै अतिरिक्त प्रवेश संम्वन्धि अन्य विषयको बारेमा उल्लेख गरी लेखिएको काठमान्डौं स्थित चिनियाँ राजदुतको सेप्टेम्बर २०,२०२३ को कूटनीतिक नोट प्राप्त भईसकेकाले त्यहाँको जानकारी एवं आवश्यक कार्यर्थ गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई नाका खोल्न निर्देशन दिएको हो ।
योसंगै मुस्ताङको उत्तरी कोरलानाका चाँडो भन्दा चाँडो खुल्ला गर्ने तयारी भईरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारीले दिए । उनले अक्टोबर १५ तारिखमा नेपाल—चीन समकक्षी बैठक बस्ने तयारी भईरहेको र सो भन्दा अगावै कोरलानाका खोल्ने गृहकार्य अघि बढेको बताए । कोरलानाका खोल्नका लागि सीमावर्ती क्षेत्रका जनप्रतिनिधि,स्थानीय र सरोकारवालाहरुसंगै बैठक बस्ने तयारी भईरहेको प्रजिअ पन्तले उल्लेख गरे ।
हिउँदयामको सुरुवात भईसकेको र उपल्लो मुस्ताङका नागरिकहरुले जाँडो छल्न बेसी झर्ने भएकाले दशै अगावै कोरलानाका संञ्चालन गर्ने तयारी गरिएको प्रजिअ पन्तको भनाई छ ।‘ सीमावर्ती क्षेत्रका नागरिक तल झर्ने क्रम सुरु भईसकेको छ, हामीलाई नाका खोल्न निर्देशन आईसकेको छ,प्रजिअ पन्तले भने, यसैले नाका खोल्न ढिला नगरौ भन्ने मान्यता हो, छिटो नाका खोल्न सके सीमावर्ती क्षेत्रका नागरिकले बढी लाभ लिन सक्ने थिए ।’
कोरना कहरका कारण सन् २०२० देखि हालसम्म चिनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरलानाकामा संञ्चालन हुँने दुई देशबीचको अन्तरदेशीय अल्पकालीन ब्यापार मेला अवरुद्ध हुँदै आईरहेको थियो । प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमणसंगै मुस्ताङको उत्तरी कोरलानाका खुल्ला गर्ने पहल सुरु भएको हो । प्रधानमन्त्रीको चीन भ्रमणसंगै नेपाल—चिन उत्तरतर्फको १४ वटा नाका खुल्ला हुँने वातावरण बनेको हो ।
मुस्ताङको उत्तरी कोरलानाकाको तिब्बती भुमीमा बर्सेनि असार र भदौ महिनामा नेपाल—चिन अन्तरदेशीय अल्पकालीन व्यापार मेला संञ्चालन हुँने गथ्र्यो । सीमावर्ती क्षेत्रका बासिन्दाको हितका लागि चिन पक्षले कोरलाको दशगजा क्षेत्रको करिव ५ किमी भित्र तिब्बती भूमीमा अल्पकालीन ब्यापार मेला लाग्ने गथ्र्यो । चिनले सुरक्षा तथा कोभिड माहामारीको कारण देखाउँदै कोरला अन्तरदेशीय ब्यापार मेला बन्द गराएको थियो ।
४ वर्षदेखि लगातार कोरला ब्यापार मेला ठप्प रहँदा सीमावर्ती क्षेत्रका बासिन्दालाई निकै सास्ती भएको थियो । नेपाल—चीन कोरला ब्यापार मेलामा सीमावर्ती क्षेत्रका बासिन्दाले भेडा च्यांग्रा आयातदेखि दैनिक उपभोग्य किराना सामान,लत्ताकपडा,निर्माण सामाग्री र कृषि उपकरण लगायतका सामाना खरित्ने गथ्र्यै । नेपाल पक्षबाट सीमावर्ती क्षेत्रका बासिन्दाले पस्मिना,स्थानीय उत्पादन र वन्य जटीबुटी चिनतर्फ निर्यात गथ्र्ये । विषेश गरी उपल्लो मुस्ताङी र तिब्बतको संस्कृति मिल्दोजुल्दो भएकाले त्यहाँ प्रयोग हुँने सामानहरु सीमावर्ती क्षेत्रका बासिन्दाले उपभोग गर्न पाएका थिएनन् ।
लोमान्थाङ—५ का स्थानीय ढुक्के गुरुङले ब्यापार मेला खुल्ने कुराले उपल्लो मुस्ताङबासीलाई उत्साहित बनाएको बताए । उनले नाका नखुल्दा भेडा च्यांग्राको मुल्य महङ्गो पर्ने भएको र नाकाबाट भेडा च्यांग्रा भित्रिएमा ३५ प्रतिशतसम्म च्यांग्राको मुल्य सस्तो पर्ने दावी गरे ।
मुस्ताङको लोमान्थाङ स्थित नेचुङमा मुस्ताङ भन्सार कार्यालय छ । बाह्रै महिना बन्द हुँने मुस्ताङ भन्सार कार्यालय बर्सेनि असार र भदौंमा अल्पकालीन ब्यापार मेलामा सक्रिय हुँने गथ्र्यो । तर, कोरलानाका बन्द हुँदा ४ वर्षदेखि मुस्ताङ भन्सार कार्यालयले राजश्व संकलन गर्न पाएको छैन । मुस्ताङ भन्सार कार्यालयले कोभिड अघि बर्सेनि १५ लाखसम्म राजश्व संकलन गर्ने गथ्र्यो ।
तपाईको प्रतिक्रिया